site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हेडक्वार्टरसमेत ‘गुमायो’ पूर्वमाओवादी केन्द्रले ! आफ्नै छाडेर भाडामा किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको तीन महिना हुन लाग्यो तर, नेता–कार्यकर्ताको मन भने अझै एकीकृत हुन सकेको छैन । पूर्व माओवादीका नेता–कार्यकर्ता धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बिरलै देखा पर्छन् भने पूर्व एमालेका नेता–कार्यकर्ता पेरिसडाँडा टेक्नै मान्दैनन् ।

बिहीबार बसेको पार्टी हेडक्वार्टर (सचिवालय) बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने निर्णय गरेपछि पूर्वमाओवादी कार्यालयमा समेत ‘ठगिएको’ चर्चा हुन थालेको छ । नीति, नेतृत्वपछि पूर्वमाओवादीले मुख्यालयसमेत ‘गुमाएको’ टिप्पणी पार्टीभित्र र बाहिर दुवैतिरबाट हुन थालेको छ । 

यसअघि पेरिसडाँडा र धुम्बाराही दुवैलाई हेडक्वार्टरका रूपमा उपयोग गरिने ने क पाले बताएको थियो । धुम्बाराहीको कार्यालय भाडाको भएकाले पेरिसडाँडा हेडक्वार्टर बनाउन पूर्वमाओवादीका नेताहरुले जोडसमेत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, पूर्व एमालेका नेता र स्वयम् अध्यक्षसमेतलाई धुम्बाराही नै ‘प्यारो’ लाग्न थालेपछि वैकल्पिक पार्टी कार्यालयको समेत खोजी भएको स्रोत बताउँछ ।

त्यसैले शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको नाममा रहेको र दुई वर्षदेखि पूर्व एमालेले भाडामा उपभोग गर्दै आएको घर नै ने क पाको मुख्यालय रहने निर्णय गरेको छ । पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रको नाममा रहेको घरमा ने क पाको जनसंगठनका कार्यालय तथा केन्द्रीय विभागहरु रहनेछन् ।

Global Ime bank

\"\"

आफ्नै घर छाडेर किन भाडाको घरमा ?
एमालेले ०५४ सालदेखि भोगचलन गर्दै आएको बल्खुस्थित मुख्यालय ०७२ को भूकम्पले खण्डहर बनाइदियो । त्यसपछि एमालेले २३ साउन ०७२ देखि धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा स्मृति प्रतिष्ठानको नाममा रहेको जग्गामा बनेको घर कार्यालयको रूपमा प्रयोग गर्दै आएको छ । एमालेले त्यो घर मासिक डेढ लाख भाडा भुक्तानी गर्नेगरी तीन वर्षका लागि लिएको थियो । समय गुज्रन एक वर्ष बाँकी छ । त्यतिञ्जेल मदननगर, बल्खुमा नयाँ भवन निर्माण गर्ने उसको तयारी थियो । तर, एकीकरण प्रक्रियासँगै बल्खुमा घर बनाउने योजना पनि मुल्तवीमा रहेको छ ।

एकीकरणपश्चात् पेरिसडाँडामा झन्डै दुई रोपनी क्षेत्रफलमा बनेको घर पनि ने  क पाकै सम्पत्ति बनेको छ । र, त्यहाँ मुख्यालय बनाउनु पर्ने आवाजसमेत उठेको थियो ।

“पेरिसडाँडाको तेत्रो संरचना अलपत्र पारेर किन धुम्बाराहीमा मुख्य कार्यालय राख्नु पर्यो ?” ने क पामा एक नेताले प्रश्न गरे । त्यस्तै उनले एकीकरणका नाममा नेतृत्वदेखि कार्यालयसम्म पूर्वएमाले हावी भएको भन्दै आश्चर्यसमेत प्रकट गरे ।

उनले मुख्यालयसमेत आफ्नो प्यारो लाग्ने हो भने पूर्वमाओवादीका नेता–कार्यकर्ताले एकीकरण प्रक्रिया कसरी आत्मसात गर्न सक्छन्, अपनत्व ग्रहण गर्न सक्छन् भन्ने प्रश्न पेचिलो बन्दै गएकोसमेत बताए ।

यता ने क पाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भने मुख्य बाटोमा भएको र पार्किङसमेतको सुविधा भएकाले हाललाई धुम्बाराहीलाई केन्द्रीय कार्यालय राखिएको र पेरिसडाँडालाई अलपत्र पार्ने नभई जनसंगठन र केन्द्रीय विभागका कार्यालय रहने व्यवस्था मिलाइएको बताउँछन् ।

पूर्वएमालेको मदननगर बल्खुको भूकम्पले ध्वस्त बनाएको संरचना हटाइसकेकाले बिक्री गर्ने तयारी भइरहेको र यता पेरिसडाँडासमेत बेचेर नयाँ ठाउँमा केन्द्रीय कार्यालय बनाउने तयारी भइरहेको उनको भनाइ थियो ।

“दीर्घकालसम्म दुवै ठाउँ (धुम्बाराही र पेरिसडाँडा)मा मुख्यालय रहँदैनन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC