site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए २ विकेट
Sarbottam CementSarbottam Cement

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले गुयाना एमेजोन वारियर्सविरुद्ध २ विकेट लिन सफल भएका हुन् ।

आज (शुक्रबार) बिहान भएको खेलमा सन्दीपले सीपीएलमा शानदार बलिङ गरे । आफ्नो पहिलो खेलमै उनले प्रभाव छोड्न सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले १२ रन मात्रै खर्चेर २ विकेट लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका थिए । उनले १.१ ओभरमा चाडविक वाल्टोनलाई ९ रनमा आउट गराएका थिए । त्यस्तै, उनले जासन मोहम्मदलाई १६ रनमा आउट गराए । 

नेपालका युवा खेलाडी सन्दीपको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय लिगमा सहभागिता हो । यसअघि सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनले दिल्लीबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए । त्यस्तै, सन्दीपले ग्लोबल क्यानेडियन लिग क्रिकेटमा पनि खेल्ने अवसर पाएका थिए । एकपछि अर्को लिग तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप यो सीपीएलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC