site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
हाँस्दै गरेका किम जोङको तस्बिर चर्चामा
Sarbottam CementSarbottam Cement

एजेन्सी । उत्तर कोरियाली शाषक किम जोङ उन केहि समय यतादेखि देशको आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको भ्रमण गर्ने क्रममा छन् र उत्पादनहरुको प्रत्यक्ष निरीक्षण समेत गरिरहेका छन् । यसै क्रममा बुधबार पनि उनी पत्नी रि सोल्जुका साथ खाद्यान्न उद्योग पुगेको तस्बिरहरु राष्ट्रिय संचार केसिएनएले सार्वजनिक गरेको छ । दक्षिणको ह्वाङ्गी प्रदेशमा रहेको सो उद्योगमा तीस भिन्दा भिन्दै किसिमका माछाका परिकारहरु उत्पादन हुने गरेको बताइएको छ । 

तर बुधबारको उनको भ्रमण अरुबेला कै जस्तो देखिएपनि किमको अनौठो हाउभाउ र असाधारण पहिरनका कारण अहिले फेरि सबैको ध्यान उनीतर्फ केन्द्रित भइरहेको छ । क्रुर शाषकका रुपमा चिनिने किम जोङका हालका तस्बिरहरुले उनको छविमा धेरै ठूलो परिवर्तन देखाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार पनि उनको अलगै रुप देखापरेको हो जहाँ उनी अत्यन्तै खुसी भएर मज्जाले हाँसिरहेका छन् । त्यसकारण पनि यी तस्बिरहरुको धेरै चर्चा भइरहेको छ भने अर्कोतर्फ पश्चिममा चाहिँ यसलाई विवादित ठहर गरिएको छ । अमेरिकी संचार माध्यम फक्स न्युजले सो तस्बिरहरु उनीहरुले केबल आफ्नो देश र शाषक किमको सकारात्मक प्रचारका लागि मात्र बाहिर ल्याइरहेको उल्लेख गरेको छ ।

गत जूनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक भेटवार्तापछि अझै पनि दुई देशबीच निशस्त्रीकरण र कोरियाली प्रायद्विपमा शान्ति स्थापनाबारे छलफल जारी छ । यसक्रममा अमेरिकी प्रशासनले प्योङयोङलाई हतियार मुक्त बनाउने प्रक्रिया छिटो सुरु गर्न दबाब दिइरहेको छ भने उता उत्तर कोरियाले चाहिँ आफूमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गरिरहेको छ । 

Global Ime bank

उत्तर कोरियाले इमान्दारीपूर्वक कोरियाली युद्धमा ज्यान गुमाएका अमेरिकी सेनाहरुको अवशेष फिर्ता गरेको र प्रमुख परीक्षण स्थलहरु पनि नष्ट गरिसकेको बताउँदै अमेरिकालाई आफ्नो पक्षमा पनि ठोस कदम उठाउन आग्रह गरिरहेको छ । यसकारण पनि यी तस्बिरमा किमको अनौठो अवतार अमेरिका सामु राम्रो प्रभाव पार्ने उद्देश्यले सार्वजानिक गरिएको हुन सक्ने शंका गरिएको छ । तर उता संयुक्त राष्ट्र संघले भने अझै उत्तर कोरिया आणविक कार्यक्रममा आबद्ध रहेको दाबी गरिरहेको छ । यस्तोमा किमको तस्बिरले विभिन्न ढङ्गमा चर्चाका साथै आलोचना पनि खेप्नु परिरहेको अन्तराष्ट्रिय संचार माध्यमको भनाइ छ ।

गत वर्ष मात्र संयुक्त राष्ट्र संघले उत्तर कोरियामा ७० प्रतिशत जनता भोकमरीको अवस्थामा रहेको खुलासा गरेको थियो । यस्तोमा चौतर्फी प्रतिबन्धका कारण प्योङयोङको आर्थिक स्थिति दिन प्रति दिन कमजोर बन्दै गइरहेको छ । त्यसैगरी  मंगलबार मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्योङयोङ आफ्नो वचनबाट पछि हटिरहेको उल्लेख गरेका हुन् । तर देश सम्बन्धी यस्ता खबरका बावजुद बुधबारको भ्रमणमा किम चिन्तामुक्त अवस्थामा खुलेर हाँसिरहेको देखा परेका हुन् । त्यस्तै अर्कोतर्फ देशभरको तापक्रम पनि उत्तिकै वृद्धि भइरहेकाले जनताले जिविको पार्जनका लागि थप चुनौतिको सामना गर्नु परिरहेको पनि बताइएको छ । तर किमका यी तस्बिरले भने उत्तर कोरियामा प्रतिबन्धको कुनै असर नपारेको संकेत दिन खोजिरहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC