site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले दुई सन्तान नीतिमा ठूलो परिवर्तन ल्याउने संकेत
Sarbottam CementSarbottam Cement

एजेन्सी । जनसङ्ख्या सीमित गराउने दशकौँ अघि देखिको नीति परिवर्तन गर्दै चीनले अब आफ्ना नागरिकलाई दुई भन्दा बढी सन्तान जन्माउन पनि स्वीकृति दिने संकेत दिएको सीएनएनले जनाएको छ । अहिले नै चीनको अर्थतन्त्र र समाजमा कम जन्मदरको असर देखा पर्न थालिसकेको चिनियाँ कम्युनिष्ट पार्टीले  चेतावनी दिइसकेको छ । 

यसअघि चीनले एकल सन्तानको नीति लागू गर्दा जन्मदर अत्यन्तै न्युन हुन पुगेपछि सन् २०१५ मा यसमा परिवर्तन ल्याइएको थियो । त्यसपछि मात्र त्यहाँका जनतालाई दुईजना सम्म जन्माउन पाउने अधिकार दिइएको हो । तर यसले पनि परिवार वृद्धिमा भनेजस्तो परिणाम नल्याएपछि सरकार थप चिन्तामा बताइएको छ । त्यसैकारण प्रभावकारी कदम उठाउन सरकारपक्षले नयाँ कानूनको योजनाबारे संकेत दिइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हालै मात्र सार्वजनिक गरिएको नयाँ वर्षको आधिकारिक स्ट्याम्पमा चीनले सुँगुरलाई प्रतिकका रुपमा प्रयोग गर्दै त्यसमा दुई नभएर तीन बालबालिकाको चित्र राखेको छ । यो वर्षदेखि चीनमा पारम्पारिक सुँगुरको वर्ष सुरु भएको हो । यसै हप्ता बाहिर ल्याइएको उक्त स्ट्याम्पले नै सरकारको उद्देश्य स्पष्ट पारेको छ । यो भन्दा अघिल्लोपटक बाँदरको वर्षमा भने चिनियाँ सरकारले बाँदरका साथ दुई सन्तानको चित्र राखेको थियो । जसपछि देखि नै चीनमा एकल सन्तान नीति हटेर दुईजनासम्म जन्माउन पाउने कानुन लागु भएको हो । 

पहिले देखि नै चीनमा बच्चा जन्माउनु पारिवारिक घटना मात्र नभएर राष्ट्रिय मुद्दा पनि रहँदै आएको छ । अहिले यसैका कारण सामाजिक संजालमा पनि विभिन्न प्रतिक्रिया आइरहेको छ । लामो समय देखि चीनको यस मुद्दामा अन्तराष्ट्रिय समुदायले पनि विशेष चासो राख्दै आएको छ । विशेषगरी बेइजिङको एकल सन्तान नीति पहिले धेरै नै विवादित मुद्दा बनेको थियो । किनकी यसले महिलाहरुलाई गर्भवतनका लागि बाध्य बनाउने गर्दथ्यो भने अर्कोतर्फ भारी जरीवाना पनि तिर्नुपर्ने हुँदा गरिब परिवारका लागि ठूलो समस्या बन्ने गरेको थियो ।

Global Ime bank

यति मात्र नभएर दोस्रो बच्चा जन्माएमा परिवारलाई समाजबाटै निकाल्ने चलन समेत प्रचलित थियो । त्यस्तै युवाहरुले वृद्ध अवस्थाका आमाबुवालाई हेर्नुपर्ने हुँदा एक्लो हुनुले धेरै दबाब पैदा गराउँथ्यो । 

अर्कोतर्फ कामदारहरुको सङ्ख्या कम हुँदै जाँदा अर्थतन्त्रमा पनि गम्भीर प्रभाव परिरहेको थियो । चीनमा अझैपनि वृद्धहरुका लागि पर्याप्त सहयोग उपलब्ध गराइएको छैन । त्यसैले यसमा सरकारले पनि वृद्धहरुको हकमा सेवा र सुविधाबारे ठोस कदम उठाउनु पर्ने सर्वसाधारणहरुको गुनासो छ । 

यसरी चीनले परिवार नीतिमा अहिलेसम्मकै ठूलो परिवर्तन ल्याउने तयारी गरिरहेको छ । तर यस्तो नीति कुनै समय एक सन्तान मात्र जन्माउन बाध्य महिलाहरुका लागि भने अन्यायपूर्ण साबित हुने उल्लेख गरिएको छ । त्यसैगरी यसले लैङ्गिक विभेद पनि बढाउने जोखिम देखिन्छ । किनकी अहिले नै अधिकांश कम्पनीहरुले महिला कामदारको खोजी गर्दा सुत्केरी खर्चबाट बच्न बच्चा जन्माएकालाई मात्र केन्द्रित गर्ने गरेको पाइन्छ । यो तरिका एकल सन्तान नीतिकै समयदेखि अपनाइँदै आएको थियो जसबेला कम्पनीले बालबच्चा नभएका महिलाहरुलाई काम नदिने समस्या वृद्धि भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC