काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि. तथा महालक्ष्मी बिकास बैंक लि. बीच बैंकासुरेन्स गर्ने सम्झौता सम्पन्न भएको छ । यसबाट अब उप्रान्त, प्रभु लाइफ इन्स्योरेन्स लि. मा जीवन वीमा गर्ने ग्राहकवर्गलाई जीवन वीमा सम्बन्धि सेवाहरु महालक्ष्मी बिकास बैंक लि. को प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ ।
उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा महालक्ष्मी बिकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरेका छन् ।
प्रभु लाइफ इन्स्योरेन्सले निकटतम दिनहरुमै कम्पनीले देशैभरी नै थप शाखाहरु बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् ।