site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
गोरो हुन क्रीमको प्रयोग गर्नुहुन्छ ? यस्ता छन् यसका असर 
Sarbottam CementSarbottam Cement

बीबीसी । क्रीम लगाउनु गलत होइन तर कुन उदेश्यका लागि क्रीम लगाइँदैछ भन्ने कुरा जान्न भने जरुरी छ । त्यस्तै शरीरको कुन भागमा क्रिम लगाइँदै छ, क्रीममा के–के कुराको मिश्रण गरिएको छ भन्ने बारेमा पनि जानकारी हुन आवश्यक छ । 

विशेषज्ञहरुका अनुसार यदि तपाईंले यि कुराहरुलाई ध्यान दिनुभएन भने क्रीमको प्रयोगबाट गम्भीर ‘साइड–इफेक्ट’ हुन सक्छन् । क्रीमहरु बजारमा बिक्रीका लागि आउनु पूर्व केही महत्वपूर्ण जाँचहरु गरिनुपर्ने भए पनि प्रायः जसो क्रीमहरु बिना जाँच पास गरेरै उपभोक्तासम्म पुर्याइन्छ । 

यस्ता क्रीमहरुमा स्वास्थ्यमा प्रतिकुल असर पार्ने पदार्थको मिसावट हुन सक्छ । त्यस्ता क्रीममा आवश्यकताभन्दा बढी मिसावट गरिएको भए प्रयोगकर्ताको स्वास्थ्यमा असर पर्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार चारमा तीन महिलाहरु डाक्टरको सल्लाह बिना नै ब्लीचको प्रयोग गर्दछन् । ब्रिटेनको नेशलन हेल्थ सर्भिसले महिलाहरुले अनुहारको दाग लुकाउन र सुन्दरता बढाउनका लागि गोरो बनाउने क्रीम प्रयोग गर्ने गरेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फेयरनेस क्रीमले कसरी काम गर्छ ?

गोरो बनाउने क्रीमले हाम्रो शरीरमा रहेको ‘मेलेनिन’ मा असर गर्दछ । हाम्रो त्वचाको रंग ‘मेलेनिन’ बाट तय हुन्छ र यि फेयरनेस क्रीमहरुले ती ‘मेलेनिन’ लाई कम गरिदिन्छन् ।  क्रीममा दुई प्रकारका ब्लीचिङ एजेन्ट हुन्छन्– हाइड्रोक्विनोन अथवा कर्टिकोस्टेराइड्स । त्वचा विशेषज्ञहरुका अनुसार क्रीममा हाइड्रोक्विनोनको स्तर ४ प्रतिशतभन्दा कम हुनु पर्दछ । 

Global Ime bank

एक त्वचा विशेषज्ञले छाला चिलाउने समस्याबाट ग्रसित व्यक्तिलाई कर्टिकोस्टेराइड्स अथवा टपिकल स्टेराइड्स प्रयोग गर्ने सल्लाह दिइने गरेको बताएका छन् । तर धेरै जसो मानिसहरु छालाको कुनै समस्या नभएपनि यसको प्रयोग गर्दै आएका छन् । छालामा समस्या भएका व्यक्तिलाई डाक्टरको सल्लाहमा टपिकल स्टेराइड्स प्रयोगका लागि दिइने गरेको उनको भनाई छ । 

क्रीम कहाँ र कति लगाउने ?
 

डाक्टरहरुका अनुसार हाइड्रोक्विनोन भएको क्रीम दिनमा दुई पटकभन्दा बढी प्रयोग गर्नु हुँदैन । यो क्रीम हात र खुट्टामा मात्रै लगाउनुपर्दछ । हाइड्रोक्विनोन भएको क्रीम अनुहारमा नलगाउन डाक्टरहरु सल्लाह दिन्छन् । यस्तै आठदेखि १२ हप्ताभन्दा बढी पनि यसको प्रयोग गर्नु हुँदैन । 

तर केही मानिसहरु यस्ता क्रीमहरुको प्रयोग डाक्टरको सल्लाह बिना नै लामो समयसम्म प्रयोग गरिरहेका हुन्छन् । ती मानिसहरु यि क्रीमलाई अनुहार, आँखा र आसपासको भागमा पनि लगाउने गर्दछन् । जसको प्रयोगले उनीहरुको छालामा जलन हुने समस्या देखा पर्न सक्छ । 

https://www.bbc.com/hindi/science-45114832

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC