site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ । 

केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ बर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको बताए । बाढीले बढी क्षति पुर्याएकोले बाँधका गेटहरू खोल्नुपरेको उनले बताएका छन् । 
 
पछिल्लो विवरण अनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भइ कुल मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो । त्यस अगाडी इडुक्कीमा ११ जनाको, मालापुराममा छ जनाको, कोझीकोडेमा दुई जनाको र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“तल्लो भूभागमा रहेको अधिकांश ठाउँहरूमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझीकोडे जिल्लामा केही बेपत्ता भएका छन्,” ती अधिकारीले भने । “अवरुद्ध भएका हवाइ सेवाहरू पुनः सुरु गर्न लागिएको छ भने मौसमी अवस्थामा सुधार भइरहेको छ,” विमानस्थलका एक अधिकारीले भने । 

विद्यालय र कलेजहरू बन्द गरिएको स्थानीय टेलिभिजनहरुले बताएका छन् । 

Global Ime bank

केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि बाँध खोलिएकाले बाढीले बढी क्षती पुर्याएको बताएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC