site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बहुपति प्रथामाथि बनेको चलचित्र ‘छिरिङ’ गीत रिलिज  
Sarbottam CementSarbottam Cement

काठमाडौं । निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’को पहिलो गीत ‘तिमीले त मायाँमा...’ रिलिज भएको छ । यशकुमारकै संगीत, शब्द र स्वर रहेको गीतमा विन्दु परियारको पनि स्वर छ ।  

गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्य देख्न सकिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

कागबेनी रिलिजको एक दशक पछि गायकसमेत रहेका निमा रुम्बाको कमब्याक भएको छ । 

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको मुख्य कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई यशकुमारले निर्देशन गर्दैछन् । 

Global Ime bank

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । चलचित्र आगामी असोज १२ गते रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC