site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ने क पाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने, मन्त्री र सांसदले पार्टीमा मुख्य पद नपाउने
Ghorahi CementGhorahi Cement

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय (हेडक्वार्टर)को बैठकले मुख्यालय धुम्बाराहीमा र जनसंगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने निर्णय गरेको हो । यसअघि दुवै ठाउँमा केन्द्रीय कार्यालय रहने जानकारी गराइएको थियो ।

त्यस्तै प्रदेश र जिल्ला तहका पार्टी संरचना एकीकरण गर्न गठित कार्यादलको समयावधि साउन मसान्तसम्म थप गरिएको छ । ७ प्रदेश, २२ जन संगठन र प्रवास कमिटी समायोजन गर्ने कार्यदलले समयसीमाभित्र कार्य सम्पादन गर्न नभ्याएकाले समय थप गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Agni Group

\"\"

मन्त्री सांसद्ले मुख्य पद नपाउने
बिहीबारको बैठकले संघीय, प्रादेशिक मन्त्री, मुख्यमन्त्री, मुख्य सचेतक, सचेतक, दलका नेता, स्थानीय तहका प्रमुख उपप्रमुखले प्रदेश र जिल्ला तहका मुख्य पद (अध्यक्ष, सचिव)को जिम्मेवारी नपाउने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
त्यस्तै उनले प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभाका सांसदलेसमेत उक्त पदमा जिम्मेवारी नपाउने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC