Skip Advt.
ad

साहित्य र कला

‘रोजी’ गीत ‘फूल हैन’मा प्रदीप–मिरुनाको अनस्क्रिन रोमान्स 

‘रोजी’ गीत ‘फूल हैन’मा प्रदीप–मिरुनाको अनस्क्रिन रोमान्स 

काठमाडौं । चलचित्र ‘रोजी’ को गीत सार्वजनिक गरिएको छ । एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द रचना रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन छ । 

क्राइम थ्रीलर र रोमान्टिक जानराको चलचित्रलाई नीरक पौडेलले निर्देशन गरेका छन् । ‘कुसुमे रुमाल–२’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो चलचित्र हो ।  

अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको चलचित्रले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्ने निर्माण पक्षले जनाएको छ । 

प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । 

राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ । भदौ २२ गते चलचित्र अल नेपाल प्रदर्शन हुनेछ । 

तपाईंको मत