साहित्य र कला

‘गुनगुन’ को आइटम गीत सार्वजनिक

‘गुनगुन’ को आइटम गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुनगुन’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माण रहेको चलचित्रको ‘किस मिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन् । 

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । 
पुकार भट्टराईको निर्देशनमा तयार चलचित्रले कात्तिक ३० गतेलाई रिलिज डेट लिएको छ ।

चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल तथा स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । 

चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । 

तपाईंको मत