site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसिया कप छनोटका लागि प्रारम्भिक टिम घोषणा, शरद बाहिरिए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले बिहीबार ९आज० १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।
एसिया कप छनोटको प्रारम्भिक टिममा नियमित सदस्य शरद भेषवाकर टिममा परेका छैनन् । चोटग्रस्त बनेका शरद पहिलो पटक टिमबाहिर रहेका हुन् । त्यस्तै, प्रारम्भिक टोलीमा सागर पुनले भने पुनरागमन गरेका छन् ।
छनोट हुने नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख रहेका छन् । त्यस्तै रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी, सुशान भारी, किशोर महतो र सागर पुन रहेका छन् ।
एसिया कपको लागि बन्द प्रशिक्षण यही अगष्ट १४ तारिखदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । यही बन्द प्रशिक्षणको आधारमा अन्तिम १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा हुनेछ ।
नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपुर्भ सुबोध देसाई आउने भएका छन् । उनले नेपालको ब्याटिङ प्रशिक्षण १४ अगष्टदेखि नै थाल्ने छन् । त्यस्तै, नेपालले श्रीलंकामा बैदेशिक भ्रमण पनि गर्ने भएको छ । श्रीलंकामा नेपालले ३ अभ्यास खेल खेल्नेछ ।
मलेसियामा हुने एसिया कपको छनोट खेल यही अगष्ट २९ तारिखदेखि सुरु हुँदैछ । छनोट प्रतियोगितामा आयोजक मलेसियासँगै नेपाल, युएई, हङकङ, सिंगापुर र ओमान रहेका छन् । 
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग अगष्ट २९ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेलमा युएईसँग अगष्ट ३० मा प्रतिस्पर्धा गर्दैछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सेप्टेम्बर १, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
छनोटको विजेताले एसिया कप खेल्ने अवसर पाउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC