Skip Advt.
ad

साहित्य र कला

‘शिरफूल’ को ट्रेलर र पोस्टर सार्वजनिक

‘शिरफूल’ को ट्रेलर र पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृति देखिन्छ । 

‘शिरफूल’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । कमलको यो डेब्यु निर्देशन हो । 

चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय छ । 

चलचित्रमा कथा नायकसमेत रहेका देवराज आले मगरको रहेको छ । नेपालमा मंसिर २१ गतेलाई प्रदर्शन मिति लिएको चलचित्र  १६ देशका मुख्य मुख्य सहरमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

तपाईंको मत