जुना र प्राश्नाको तिज गीत सार्वजनिक (भिडियोसहित)

जुना र प्राश्नाको तिज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिकाद्वय जुना प्रसाईं र प्राश्ना शाक्यले तिज गीत सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चैं अर्कै व्यथा छ...’ बोलको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् । 

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । 

म्युजिक भिडियोमा जुना र प्राश्नाले नृत्य गरेका छन् ।  भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले साथ दिएका छन् । भिडियो निर्देशन युवराज वाइवाले गरेका छन् । 

जुना र प्रश्ना विगत केही वर्षदेखि लगातार तिजका गीत गाइरहेका छन् । 

प्रतिकृया दिनुहोस