site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्कुले विद्यार्थीले देखेका थिए प्रहरीको ‘फेक’ इन्काउन्टर !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं. ८ मा भक्तपुर डोलेश्वर महादेव मन्दिर जाने बाटोमा करिब एक किलोमिटर भित्र अलिकति जंगलजस्तो स्थान छ । बाटोको माथिपट्टि जंगल छ भने बाटो तल बाल संरक्षण तथा सम्बर्धन आधारभूत विद्यालय छ । 

यो प्राथमिक विद्यालयमा दिउँसो करिब सवा एक बजे टिफिनको समय भएको थियो । तर, त्यसैबेला पानी दर्केकोले सबैजना स्कुलबाट बाहिर निस्केका थिएनन् । ठिक त्यहीबेला सबैले सुन्ने गरी बाटो पारीको जंगल भएको स्थानबाट गोली पड्केको आवाज आयो । कहाँ गोली चल्यो भन्ने धेरैले बुझेनन् । तर, पानी पर्दापर्दै पनि खेल्न निस्केका दुई तीन बालबालिकाले भने प्रहरीले दुई जना व्यक्तिमाथि गोली चलाएको देखे । त्यो त्यही स्थान र समय थियो, जुनबेला प्रहरीले अपहरणमा परेका ११ वर्षीय निशान खड्काका अपहरणकारी तथा हत्यारा भनिएका व्यक्तिमाथि गोली चलाएको थियो । 

दुई जना व्यक्तिलाई दुई प्रहरीले हात तल–माथि गर्दै गोली चलाएको देखेको सो स्कुलका विद्यार्थीले प्रहरीले जस्तैगरी हात हल्लाएरै बाह्रखरीलाई बताए । गोपाल र अजय तामाङलाई उनीहरू बसेको ठिमीस्थित डेराबाट सबैको अगाडि गिरफ्तार गरी लगेर प्रहरीले सो ठाउँमा झुटो इन्काउन्टर गरेको प्रष्ट भएको छ ।

Agni Group

इन्काउन्टर भएको बेला प्रहरीले १९ गोली चलेको बताए पनि त्यहाँ आठदेखि दशवटा गोली चलेको विद्यालयका शिक्षक तथा अन्य कर्मचारीले बताएका छन् । (स्कुलका विद्यार्थीले बोलेको तथा त्यहाँका शिक्षक र कर्मचारीले बोलेको भिडियो बाह्रखरीसँग सुरक्षित छ । साना बालबालिकाको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखेर सो भिडियो पोष्ट नगरिएको हो ।)

प्रहरीले ‘फेक’ इन्काउन्टर गरेको स्थानमा बुधबार पत्रकारको एक टोली पुग्दा एउटा रुखमा ब्लेड धसिएको भेटिएको छ । मृतकमध्ये एक व्यक्तिको शरीरमा ब्लेडले चिरेको जस्तो एउटा लामो धर्को पनि तस्बिरमा देखिएको छ । तर त्यस स्थानमा प्रहरीले भनेजस्तो इन्काउन्टरको कुनै लक्षण देखिएको छैन । तीन जोर प्लास्टिक्सका सर्जरी गर्दा लगाउने पञ्जा यता उता फ्याँकिएको भेटिएको छ । 

Global Ime bank

गोपाल र अजयका परिवार भन्छन्– निशानको हत्यादेखि इन्काउन्टरसम्मको छानबिन होस् 

काठमाडौंको काडाँघारीबाट आइतबार अपरहणमा परेका ११ वर्षीय निशान खड्काको हत्या प्रकरणमा प्रहरीको गिरफ्तारीपछि मारिएका अजय तामाङ र गोपाल तामाङको परिवारले गैरन्यायिक हत्या भएको भन्दै मानवअधिकारवादीलाई गुहारेका छन् ।

उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार यस घटनाको सत्य तथ्य अनुसन्धान गरिदिन निवेदन दिएका छन् । तामाङद्वयका परिवारले यसलाई प्रहरीले गरेको ‘नियोजित हत्या’ भनेका छन् । उजुरी दिन गोपालका आमाबुबा, बहिनी तथा अजयका बुबा निमा तामाङ मानवअधिकार आयोग पुगेका थिए ।

अपहरणमा परेका निशानलाई आइतबार राति नै गोपाल तथा अजयले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको स्रोत बताउँछ । बालकको अपहरणपछि हत्याको विस्तृत छानबिन नगरी प्रहरीले प्रमाण नै नष्ट हुनेगरी पक्राउपछि किन गोली चलायो भन्ने प्रश्न यतिबेला आमरुपमा उठेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC