site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

श्रीनगर, भारत (रासस/एएनआई) । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको थियो भने बाँकी फरार भएका थिए । भारत–पाकिस्तान सीमाको लाइन–अफ–कन्ट्रोलमा यो घटना भएको हो ।

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताए । उनले भारततर्फ पाकिस्तानीहरुको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राखे । “पाकिस्तानले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ भने यस्तो घुसपैठ तत्काल रोक्नु पर्दछ,” उनले भने ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC