site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईसीसी वरियतामा चार नेपाली खेलाडी, वसन्तले स्टोक्सलाई पनि पछि पारे
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टि–ट्वान्टी वरियतामा स्थान बनाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् ।

आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपालका वसन्त रेग्मी बलिङतर्फ ७१औं स्थानमा रहेका छन् । त्यस्तै, बलिङतर्फ नै नेपालका सोमपाल कामी ९२औं स्थानमा छन् ।

Agni Group

वसन्त रेग्मीले भारतका चर्चित स्पिनर तथा अलराउण्डर रविन्द्र जडेजा, पाकिस्तानका उस्मान खान, इंल्यान्डका बेन स्टोक्स, श्रीलंकाका कप्तान एन्जेलो मथेवस, अष्ट्रेलियाका मार्कुस स्टोइनिसलाई समेत पछि पारेका छन् ।

त्यस्तै, ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औं स्थानमा छन् । त्यस्तै, शरद भेषवाकर ९८औं स्थानमा अटाउन सफल भएका छन् । कप्तान पारसले वेष्ट इन्डिजका चर्चित ब्याट्सम्यान कैरोन पोलार्ड, अष्ट्रेलियाका पूर्वकप्तान जर्ज बेली, वेष्ट इन्डिजका पूर्व कप्तान डारेन सामीलाई पनि पछि पारेका छन् ।

Global Ime bank

आईसिसीको टि–ट्वान्टी ब्याटिङ वरियताको शीर्ष स्थानमा अष्ट्रेलियाका कप्तान आरोन फिन्च रहेका छन् । दोस्रो स्थानमा पाकिस्तानका फकर जमान रहँदा भारतका लोकेश राहुल तेस्रो स्थानमा छन् । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहेका छन् भने पाकिस्तानका शदाब खान दोस्रो र न्युजिल्यान्डका इश सोधी तेस्रो स्थानमा छन् । 

टि–ट्वान्टी अलराउन्डर वरियतामा अष्ट्रेलिया ग्लेन म्याक्श्वेल शीर्ष स्थानमा रहेका छन् । त्यस्तै, अफगानिस्तानका पूर्व कप्तान मोहमद नाबी दोस्रो र बंगलादेशका शाकिब अल हसन तेस्रो स्थानमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC