site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘एनईएलपी २०१८’ को तेस्रो कार्यक्रम कास्कीको चिसापानीमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ को तेस्रो कार्यक्रम कास्कीको चिसापानीमा सम्पन्न भएको छ । काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो , क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे यस कार्यक्रममा देशभरका विभिन्न राजनीतिक पार्टी, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २१ जना सहभागी छन् ।

यस कार्यक्रमको सुरुवात राजधानी काठमाडौंमा भएको थियो भने दोस्रो कार्यक्रम दोलखामा भएको थियो । चौथो कार्यक्रम तथा समापन कात्तिकमा जनकपुरमा हुने बताइएको छ । कार्यक्रमका सहभागीहरुलाई नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, प्रोजेक्ट म्यानेजमेन्टलगायत विषयमा प्रशिक्षण दिइन्छ । 

तेस्रो कार्यक्रममा सहभागी विभिन्न भौगोलिक क्षेत्रका सहभागीहरुले आ–आफ्नो क्षेत्रका सम्भावना र चुनौतीहरुका बारेमा औंल्याउँदै कार्यक्रमका दौरान फरक क्षेत्रमा पुग्दाको अनुभव सुनाएका थिए । रुपन्देहीबाट सहभागी भएकी सरिता श्रीषले तराई क्षेत्रका कृषिको अपार सम्भावना रहेको बताउँदै तराई क्षेत्रमा उत्पादन बढाउन सके पूरै देशको खाद्य संकट कम गर्न सहयोग पुग्ने धारणा राखिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर २ बाट सहभागी कञ्चना झाले भौगोलिक क्षेत्रअनुसार व्यापार व्यवसायको सम्भावना हुने बताउँदै तराई क्षेत्रमा मिथिला कलाको सम्भावना रहेको बताइन् । 

पर्वतबाट सहभागी पदमपाणि शर्माले युवालाई विदेश पलायनबाट रोक्न व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताए । काठमाडौंबाट सहभागी रमा भट्टराईले राष्ट्रिय सुरक्षा, एकता र शान्तिको लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिइन् । 

Global Ime bank

कास्कीको चिसापानीमा रहेको फ्याब भोकेसनल स्कुलमा आयोजित तेस्रो कार्यक्रममा युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसका कार्यक्रम अधिकृत डेनियल ओर्थ, नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । 

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको लिडरसिप एकेडेमीले जनाएको छ । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्ने आयोजकको दाबी छ । कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । 

आईपीजले नेपालको द्वन्द्व व्यवस्थापनका लागि नेपालका राजनीतिक दल, नागरिक समाज र महिला नेतृहरुसँग मिलेर सन् २००२ देखि काम गर्दै आएको छ । 

लिडरसिप एकेडेमी काठमाडौंमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा वैकल्पिक शैक्षिक पाठ्यक्रम निर्माण गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

\"\"

 

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC