दुई वर्षभित्रमा स्वच्छ सास फेर्न विश्वका मान्छे काठमाडौं आउँछन् : प्रधानमन्त्री ओली

देश चलाउने एउटा वर्ग सधैँ शास्त्र पढेर बस्छ

दुई वर्षभित्रमा स्वच्छ सास फेर्न विश्वका मान्छे काठमाडौं आउँछन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवर्षभित्रमा काठमाडौंलाई धुलो धुँवामुक्त बनाउने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “जनताको स्वास्थ्यभन्दा ठूलो केही हुँदैन । सरकारको ध्यान सुशासन र विकासमा छ । यसबाट हामी समृद्धि हासिल गर्छौं । समृद्ध नेपाल र सुखी नेपाली हाम्रो ध्यान हो । ढुक्क हुनुस् देश र जनताप्रति सम्पूर्ण निष्ठाका साथ काम गर्छु । त्यसमा तलमाथि हुँदैन र २ वर्षभित्रमा काठमाडौंलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरु सास फेर्नका लागि काठमाडौं आउँछन् ।”

प्रधानमन्त्री ओलीले देश बनाउने एउटा वर्ग सधैं शास्त्र पढेर बस्ने गरेको भन्दै देश बनाउने जिम्मा युवाको काँधमा आएको पनि बताए ।  उनले विश्वमा ठूला हतियार मान्छे मार्नको लागि बनाइएको भन्दै तत्काल मानव जीव जन्तुलाई विनास गर्ने कुनै वस्तु उत्पादन नगर्न विदेशी राष्ट्रहरुलाई आग्रह समेत गरे ।
 

प्रतिकृया दिनुहोस