site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुरक्षा सेवाको नयाँ आयाम

गोरखा भर्ती सिद्धान्तमा अस्वीकृत तर व्यवहारमा स्वीकृत अभ्यास हो । यही विडम्बनालाई नेपालका कम्युनिस्टहरुले मानेका छन् । माओवादीले नेपाल सरकारलाई ४० बुँदे स्मरणपत्र दिँदा गोर्खा भर्ती अविलम्ब बन्द गर्नुपर्ने माग गरिएको थियो । उनीहरु अनेकरुपमा सत्तामा आए र अहिलेसम्म छन् तर, यस विषयमा एक शब्द पनि उच्चारण गरेका छैनन् । बरु भर्तीलाई नै उनीहरुले आत्मसात् गरिसकेको देखिएको छ । 

त्यसैगरी आजसम्म कसैले यसलाई सैद्धान्तिकरुपमा स्वीकार गरेका छैनन् । तर, व्यवहारमा यो स्वीकार्य भएको छ । यो करिब दुई सय वर्षदेखि प्रचलित छ । करिब ७० वर्ष अगाडि भारत स्वतन्त्र भएपछि नेपाल, भारत र बेलायत सरकारहरुले त्रीपक्षीय सम्झौता गरेर यसलाई नीतिगत रुपमा नै स्वीकार गरेका छन् । यसअन्तर्गत औपचारिकरुपमा भारतीय सेनामा ४० हजार र बेलायती सेनामा ३ हजार ५०० गोरखाली सेवारत छन् । 

नेपाल र भारतको सम्बन्धमा अनेक विषयहरु निस्कने गरेका छन् । सन् १९५० को सन्धि, सीमाना, पानी, बिजुली, सीमामा भएका भारतीय निर्माण कार्यबाट नेपालमा डुबान, व्यापार, उद्योग, निकासी पैठारी आदि विषयमा छलफल र विवाद हुनेगरेको छ । तर, गोरखाभर्तीका सम्बन्धमा विवाद हुनेगरेको छैन । योसँग सम्बन्धित अरु पक्ष जस्तो पेन्सन क्याम्प बारेमामात्र कुराकानी हुनेगरेको छ । यी देशहरुले गोरखाभर्तीलाई स्थायी सम्बन्धको रुपमा मानिआएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा एक दुईपटक यसबारे चर्चा गरेका थिए । उनले भनेका थिए भारतले कुनै युद्ध लडेको छैन जसमा गोरखालीहरुले रगत नबगाएको होस् !  

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी नेपाल र बेलायतबीचमा पनि गोरखा भर्तीलाई एक अभिन्न अंग मानिएको छ । हुन त बेलायतले सुरुमा १० हजारको हाराहारीमा भर्ना लिनेगरेको थियो । तर, पूर्व एसियाबाट हटने भएपछि बेलायतले यो संख्या एक पक्षीय निर्णयबाट घटाउँदै लगेको छ । यसबारेमा नेपालसित भएको सम्झौतामा परिवर्तन या नवीकरण गरेको सार्वजनिक भएको छैन । गोरखाली र बेलायती सेनाले पाउने तलब र पेन्सनमा ठूलो अन्तर हुनेगरेको र यसबाट अनेक विवाद निस्केको चर्चा भने प्रायः भइरहन्छ । यस विषयमा बेलायती न्यायालयमा पनि धेरै छलफल भइसकेको छ तर अन्तिम टुङ्गो लागेको छैन । नेपाल सरकारले गोरखालीहरुलाई परेको पीरमर्का र अन्यायबारे बोल्ने गरेको छैन । नेपाल सरकारको नजरमा त झन् यस विषयले कुनै महत्त्व नै पाएको छैन ।

सिंगापुरको प्रहरी सेवामा करिब दुई हजार गोरखाली कार्यरत छन् । उनीहरुले नै हालै सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका नेताबीच भएको भेटवार्ताको स्थललाई सुरक्षा दिएका थिए । यो एउटा महत्त्वपूर्ण समाचारको रुपमा फैलिएको थियो । हरेक वर्ष नेपालमा यस सेवाकोलागि ६० जना नयाँ युवकहरू चुनिन्छन् । तर, यी गोरखालीको भर्ती बारेमा नेपाल र सिंगापुरबीच भने कुनै पनि सम्झौता भएको देखिँदैन । सिंगापुर बेलायतको उपनिवेश हुँदादेखि नै यहाँ गोरखालीले सेवा दिँदै आएका थिए । सिंगापुर स्वतन्त्र भएपछि पनि यो सेवा निरन्तर चलिरहेको छ । यसमा कुनै विवाद खडा भएको पनि देखिन्न र नेपाल सरकार यसबारेमा मौन छ । न अनुमति दिएको छ न यसको विरोध नै गरेको छ । 

Global Ime bank

हङकङमा बसोबास गर्ने गोरखालीहरुले सुरक्षा सेवा दिने गरेका छन् । यो सेवा खासगरी नीजि सुरक्षामा प्रयोग भएको छ । विभिन्न क्लब, निजी भवन, व्यवस्थित बसोबासका क्षेत्र, व्यापारिक कार्यालय र खुदरा दुकानहरुको देखरेख र सुरक्षामा उनीहरु लागेका छन् । यसको व्यवस्था मिलाउन हङकङमा अनेक सुरक्षा सेवा सम्बन्धी संगठन र कम्पनी स्थापित गरिएका छन् । यिनीहरुले ठूलठूला खेलकुद समारोहहरुमा सुरक्षा सेवा दिने काम पनि गर्छन् । यी संस्थाले गोरखाली महिलालाई पनि काममा लगाउने गर्दछन् । व्यक्तिगत र सार्वजनिक कार्यक्रमको सुरक्षाका लागि यो सेवा उपयोगी र प्रभावकारी देखिएको छ । 

औपचारिक या अनौपचारिक रुपमा विभिन्न मुलुकमा दिइरहेको सेवाबाट के थाहा लाग्छ भने गोरखालीहरु सुरक्षा सेवामा स्वीकार्य र निपुण दुवै छन् । संसारमा असुरक्षाको अवस्था र भावना फैलिँदै जाँदा गोरखालीको महत्त्व बढदै जान्छ । जति जति असुरक्षाको अवस्था सृजना हुँदै जान्छ उति उति गोरखालीको सम्झना बढ्दै जान्छ । यसबाट नेपाली गोरखालीहरुको लागि अन्तर्राष्ट्रिय स्तरमा रोजगारीको मौका बढ्दै जाने देखिन्छ । यसबाट नेपाल र नेपालीहरुको मान मर्यादा पनि बढ्न सक्छ । कसैलाई सुरक्षा दिनु धर्म र साहसको काम हो ।

यो सबैबाट हुन सक्ने सेवा होइन । सुरक्षा दिने काममा बहादुरी, त्याग, खतरा, दक्षताको आवश्यकता हुन्छ । यी गुणहरु हरेक मानिसमा हुँदैन । जोसँग हुन्छ ऊ गोरखालीको नाउँले प्रसिद्ध भएको छ । त्यसकारण यसलाई अगाडि बढाउनु पर्छ, पछाडि फर्काउने हैन । 
यसलाई अगाडि बढाउन नेपालले आफ्नो विदेश नीतिमा सुरक्षा सेवालाई एक विशेष कडी बनाउनु पर्छ । करिब २५ वर्ष अगाडि यस पंक्तिकारले वैदेशिक सेवालाई एक महत्त्वपूर्ण कार्यक्रम बनाओस् भन्दा सरकार मौन बस्यो । जब लाखौंका संख्यामा नेपाली युवायुवती विदेशिन थाले तबमात्र यसको आँखा खुल्यो । त्यसमा पनि सरकारले विदेशी रोजगारीलाई व्यवस्थित बनाउनुभन्दा आफ्ना केही मानिसहरुलाई फाइदा पुर्‍याउने काममात्र गर्‍यो । फलस्वरुप यस क्षेत्रमा ठगी, शोषण र बेइमानी बढ्दै गयो । जुन बखत सरकारले यसलाई नियन्त्रण गर्न खोज्यो त्यो बेलासम्म यो निरीह बनिसकेको पाइयो । सरकारले अहिले फ्रि भिसा र फ्रि टिकटको नारा दिएको छ । तर, त्यो नारामा मात्र सीमित रहेको छ । यसलाई लागु गर्न सरकारले भित्रीरुपमा चाहेको छैन या चाहेर पनि असफल भएको छ । जति पनि नेपालीहरुले विदेशमा दुःख पाइरहेका छन् ती सबै यही ठगी र बेइमानीको प्रतिफल हो । 

यही अवस्था सुरक्षा सेवामा पनि दोहोरिन सक्छ । एकातिर गोरखालीको बहादुरी र इमानदारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नाउँ कमाउँदै जाने अर्कोतिर नेपाल सरकारले ठगी व्यवसायलाई प्रोत्साहन दिन्दै जाने अलि नसुहाउँदो हुन्छ । त्यसकारण यस विषयमा आजसम्म भएका सबै अन्तर्राष्ट्रिय सन्धि सम्झौताको सिंहावलोकन हुनु जरुरी छ र नयाँ नीति बनाउनु आवश्यक छ । यस बारेमा इतिहासको देनको घेराभित्र सीमित रहनु आवश्यक छैन । जहाँबाट गोरखालीहरुको सबभन्दा बढी हित हुन्छ त्यहाँ सरकारको ध्यान जानु जरुरी छ । यसबारेमा सरकार मौन बस्नु हितकर हुँदैन । यो संवेदनशील विषय हो । यसमा हुने सानो गल्तीले पनि देशको बदनामी हुन सक्छ । तर, संसारमा गोरखाली नाउँमा जति सम्भावनाहरु देखिएका छन् तिनलाई उपेक्षा गर्नु मूर्खता हो । त्यसैले समय मै यो नयाँ आयाम बारे नयाँ विचार पुर्‍याइयोस् भत्रे अनुरोध छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC