यही जुलाई २३ तारिखका दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका पश्चिमी गोलार्ध विभागका निर्देशक अलेजान्द्रो वेरनरले भेनेजुयलमा यस वर्षको अन्त्यसम्म मुद्रास्फीति १० लाख प्रतिशत बढ्ने प्रक्षेपण मुद्र कोषले गरेको घोषणा गरे । अप्रिलमा मुद्रा कोषले भेनेजुयलाको कुल ग्रााहस्थ्य उत्पादन सन् २०१३ को सोही अवधिका तुलनामा ४५ प्रतिशत घट्ने अनुमान रहेको घोषणा गरेको थियो । यस्तो अवस्था किन र कसरी आउन सक्छ ?
विज्ञानले किन भन्ने प्रश्नभन्दा कसरी भन्ने प्रश्नको उत्तर राम्ररी दिनसक्छ । गुरुत्वाकर्षणको सिद्धान्तले एउटा वस्तुले अर्को वस्तुलाई कसरी आकर्षित गर्छ भन्ने उत्तर त हुन्छ तर किन हुन्छ भन्ने बताउँदैन । यसको उत्तर अधिभौतिकशास्त्रले दिन्छ । जीवशास्त्रले हामीले पचाउनसक्ने भन्दा बढी क्यालोरी उपयोग गर्दा मोटाइन्छ भन्ने व्याख्या गर्न सक्छ । तर, यसले किन म प्रायः त्यसै गर्छु भन्ने बताउँदैन । संयन्त्रहरूको सञ्चालनको परिणामका बारेमा जानकारी भए हामी त्यसलाई रोक्ने, निवारण गर्ने, उत्साहित गर्ने र मुक्त हुने रणनीति बनाउन सक्छौँ । थोरै क्यालोरी खाएँ र धेरै व्यायाम गरे भने म दुब्लाउनु पर्छ ।
‘कसरी’ भन्ने प्रश्नको उत्तर बुझेपछि ‘किन’ भन्ने प्रश्न अझ रहस्यमय हुन्छ । यतिका धेरै मानिस बढी मोटा हुनुको कारण जानकारीको अभाव, बानीको कमजोरी, लत वा भोक र सन्तुष्टिको प्रक्रियामा निहित समस्या के होला ?
नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्री पाउल स्यामुएलसनले समष्टि अर्थशास्त्रले ‘विश्वयुद्धपूर्वको डाइनासोरलाई युद्धपछिको छेपारो‘ बनाएको टिप्पणी गरेका थिए । सन् १९२८ र १९३३का बीचमा अमेरिकी अर्थतन्त्रमा २९.९ प्रतिशत ह्रास आएको जस्तो ठूलो आर्थिक आरोहअवरोहलाई सके रोक्न नभए पनि त्यसलाई नियन्त्रण गर्न वित्तीय तथा मौद्रिक नीतिको प्रयोग गर्न सकिने जानकारी प्राप्त गर्ने संयन्त्रको आविष्कारबाट हासिल भएको छ ।
सन् २००८ पछिको महामन्दीका लागि अर्थशास्त्रीहरूको आलोचना त धेरै भएको छ तर तत्काल समष्टि अर्थतन्त्रको सिद्धान्तमा आधारित वित्तीय र मौद्रिक हस्तक्षेप गरिएका कारण अमेरिकाको कुल गार्हस्थ्य उत्पादन ३.१ प्रतिशतमात्र खस्क्यो । युरोपमा युरोपियन युनियनका केही दक्षिणी र पूर्वी राज्यहरूमा संकटको सुरुतिर युरोको बन्धनसमेतले ठूलो मात्रामा बाह्य घाटा भए पनि बढी नै संकटमा परेका आयरल्यान्ड, इटाली, पोचुगल र स्पेनजस्ता मुलुकमा कुल गार्हस्थ्य उत्पादनमा आएको कमी १० प्रतिशत नाघेको थिएन । यस्तो अवस्थामा युरोपियन सेन्ट्रल बैंकले आक्रामक र उतिबेला निकै विवादास्पद रहेको नीति र कारबाहीले विश्व वित्तीय व्यवस्थालाई लगभग ढल्नबाट जोगाएको थियो ।
यसो हुनसक्छ भने महामन्दी, जीडीपी २९ प्रतिशत घटेको स्पेनिस गृहयुद्ध, अथवा २६.९ प्रतिशतले जीडीपी खस्केको ग्रिक संकटभन्दा पनि बढी भेनेजुयलाको कुल गार्हस्थ्य उत्पादन कसरी खुम्चिन सक्छ ? अर्कोतिर सँगसँगै जर्मनीमा सन् १९२३ मा र जिम्बावेमा २००८–२००९ मा देखिएको मात्राको अतिमुद्रास्फीति कसरी हुनसक्छ ?
यसको उत्तर भने आश्चर्यजनकरूपमा स्पष्ट छ र सबैले थाहा पाएका छन् । सरकारले सन् २००४ मा तेलको पैसा समाजलाई कमजोर बनाएर उत्पादन र बजारका राज्यको नियन्त्रण बढाउन प्रयोग गर्न थाल्यो भने अर्कातिर अन्तर्राष्ट्रिय बजारबाट व्यापक मात्रामा ऋण लियो । उत्पादनमा राज्यको नियन्त्रण निर्णायक भएपछि आयातमा अनुदान दिएर भए पनि सरकारले जनतालाई सहुलियत दिनुपर्ने भयो तर त्यसबाट आन्तरिक उत्पादनमा झन् प्रतिकूल प्रभाव पर्न गयो ।
सन् २०१३ सम्ममा सरकारले अत्यधिक ऋण लिएकाले अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच गुम्यो भने त्यसले मन्दी बढाउन सुरु ग¥यो । सन् २०१४ तेलको मूल्य तीव्ररूपमा घट्यो । फलस्वरूप, पहिलेको आयातको मात्रा कम भयो र अझ ठूलो संकट बढ्दै गयो । यसबाट सरकारले आफ्नो बाटो बदल्नुपर्ने स्पष्ट भयो । राष्ट्रपति निकोलस मदुरोकै सरकारका सदस्यहरूले समेत बजारमैत्री र अन्तर्राष्ट्रिय वित्तीय सहयोगको नीतितर्फ फर्कनुपर्नेमा जोड दिन थालेका थिए । परन्तु, मदुरो सरकारले भने अर्थतन्त्रमा विनाशकारी नियन्त्रण दोब्बर बढायो ।
सन् २०१५ को अन्त्यसम्ममा ठूलै संकट आउने अझ भोकमरी नै पर्नसक्छ भन्ने स्पष्ट भइसकेको थियो । यसलाई रोक्न केही गरिएको छैन । अन्तर्राष्ट्रिय मानवीय सहययोग अस्वीकार गरिएको छ । आयात, उत्पादन, कर राजस्व समाप्त भएको र सरकारले वित्तीय घाटा पूरा गर्न नोट छापन थालेकाले मुलुकमा उच्च मुद्रास्फीति बढाएको छ ।
भेनेजुयलाको संकट ‘कसरी’ उत्पन्न भयो भन्ने त पहिले नै स्पष्ट थियो तर ‘किन’ भन्ने प्रश्नको उत्तर भने कठिन छ । सरकारले अरू स्पष्ट सजिला विकल्पहरू उपलब्ध हुँदाहुँदै पनि सरकारले ठूलो मानवीय मूल्य चुकाउनु पर्ने विनाशकारी बाटो रोज्यो ?
यसको तीनवटा सम्भावना देखिन्छ – अज्ञान, नियत र रणनीतिक अन्तक्र्रिया । सबैभन्दा पछिल्लो सम्भावनाबाट सुरु गरौँ । सन् १९९१ को एउटा कार्यपत्रमा एलन ड्राजन र अल्बेर्टो अलेसिनाले प्रतिस्पर्धी समूहहरू आत्मघाती संघर्षमा व्यस्त रहेका बेला आर्थिक स्थायित्व ढिलो हुनसक्छ । समायोजन अनिवार्य छ भन्ने त सबैले बुझ्छन् तर त्यसको मूल्य भने अर्को समूहले चुकाओस् भन्ने तिनको चाहना हुन्छ । ढिलाइ गरेर एउटा समूहले अर्को समूहलाई आफू त्यसको मूल्य चुक्ता गर्न तयार रहेको सन्देश पनि दिने गर्छन् । तर, भेनेजुयला र क्युबाजस्ता सर्वसत्तावादी शासनहरूमा आत्मघाती युद्धमा कोसँग को भिडिरहेको छ भन्ने बताउन निकै कठिन हुन्छ ।
थाहा थिएन भन्नु अर्थात् अज्ञान कमजोर उत्तर हो । यो सत्य हो सरकारमा अर्थशास्त्र पढेको कुनै मन्त्री छैन र मदुरो मुस्किलले माध्यमिक शिक्षा पूरा गरेका छन् तर कुनै बेलाका सत्तारुढ दलका समर्थकहरू धेरैले सही दिशासा नीतिगत परिवर्तनको आग्रह गरेका थिए । यसैले सरकारलाई थाहा नभएको हो भने त्यो जानजान थाहा पाउन नखोजेको हो ।
बाँकी रह्यो नियत । सरकारलाई अरू विकल्पभन्दा राम्रो लागेकाले सरकारले यही बाटो रोज्यो । तर, करोडौं जनताले सास्ती पाएको अहिलेको भन्दा पनि खराब नीति र कार्यक्रम कस्तो होला भनेर कल्पना गर्नसमेत मुस्किल हुन्छ । कहाँ चुक्यौँ हामी ?
यो संकट समाधानको एउटैमात्र उपाय समाजलाई नै जनताका आवश्यकता पूरा गर्न आवश्यक वस्तु बजारमा आधारित भएर उत्पादन गर्न सक्षम बनाउनु नै हुन्थ्यो । परन्तु, सत्ताका लागि यो त पापै गरेजस्तो हुन्थ्यो । यसैले नागरिकहरूलाई उत्पादनका लागि पुनःसक्षम बनाउने कि भोकै राख्ने भन्नेमा सरकारले पछिल्लो विकल्प रोज्यो । आफ्ना पक्षमा समर्थन जुटाउन आवश्यकताअनुसार भ्रष्टाचारका माध्यमबाट चाटुकारहरू किन्यो । पक्कै पनि यस्तो संकटले सत्तालाई कमजोर बनाउँछ तर समाज अझ छिटो गतिमा निर्बल हुन्छ र सत्ताको नियन्त्रण कायमै रहन्छ ।
‘अक्सफोर्ड इंलिस डिक्सनरी’ मा ‘इविल’ शब्दको अर्थ ‘‘नोक्सान पु¥याउन खोज्नु वा पु¥याउनु’’ भन्ने दिइएको छ । भेजेजुयलामा जे भयो त्यसको अर्को चित्तबुझ्दो व्याख्या छैन ।
(भेनेजुयलाका पूर्व योजनामन्त्री)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2018.