site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमसीसीविरुद्ध नेपाल ९ विकेटले विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत मेलर्बोन क्रिकेट क्लब (एमसीसी) लाई पराजित गरेको छ । नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डको लर्ड्समा भएको खेलमा नेपालले एमसीसीलाई सहज रुपमा पराजित गरेको हो । ६ ओभरमा छोट्याइएको खेलमा ४१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४.४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका लागि सुवास खकुरेलले अविजित १६ र ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । सुवासले १५ बलको सामना गर्दै २ चौका प्रहार गरेर उक्त रन बनाएभने ज्ञानेन्द्रले ४ बलमा १२ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा छोट्याइएको खेलमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो । नेपालले सुरुवाती ओभरमा नै उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिन सफल भएको थियो । नेपालका लागि ओपनर बलर सोमपाल कामीले पहिलो ओभरमा १ विकेट लिए भने एमसीसीका जोनाथन ट्रोट रन आउट हुन पुगेका थिए ।

Global Ime bank

एमसीसीका लागि कप्तान तथा चर्चित श्रीलंकाली खेलाडी महेला जयवर्दनेले अविजित २४ रन बनाए । एमसीसीका अन्य कुनै खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए । त्यस्तै, नेपालका लागि शक्ति गौचनले १ विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC