site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपामा टिपर जलाइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बनेपा, रासस । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ । 

घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पुर्याएको छ । प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो । प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय सुधन श्रेष्ठ तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC