site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौँडा, रासस । नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । 

घाइतेमध्ये ११ को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
त्यसैगरी त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्डको बागझोरामा सुक्खा पहिरो हटाई आज बिहान १० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बागझोरा सडकमा आज बिहान २ बजे सुक्खा पहिरो गई सडक अवरुद्ध भएको प्रजिअ चक्रबहादुर बुढाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC