site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लक्ष्मीको ‘मृत्यु स्पर्श’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार तथा साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीको कृति मृत्यु स्पर्श शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । सोही अवसरमा लक्ष्मी उप्रेतीको रचना रहेको एउटा गीति भिडियो नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले स्वीचअन गरी सार्वजनिक गरे ।
विगत लामो समयदेखि वनिता साहित्यिक पत्रिकाको सम्पादनमा सक्रिय  लक्ष्मी उप्रेतीले आफ्ना जीवनका आरोह अवरोहलाई मृत्यु स्पर्शमा प्रस्तुत गरेकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले पुस्तक अनुभूतिजन्य संस्मरणहरुको संगालो रहेको उल्लेख गर्दै पुस्तकले क्यान्सर जस्तो भयावह रोगलाई पनि परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गरे । 
सुरुमै क्यान्सरको पत्तो लागे यो रोगबाट बाँच्न सकिन्छ भन्दै क्यान्सरबाट पीडित रोगको हिम्मतका साथ प्रतिकार गरेकी लक्ष्मीको प्रसंशा कार्यक्रमका अर्का वक्ता तथा क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले गरे । उनले लक्ष्मी उप्रेती हिम्मतकै कारण आज पनि साहित्य सिर्जनामा सक्रिय रहन सक्षम रहेको बताए । 
ज्ञानी शोभा तुलाधरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शम्भुजित बाँस्कोटा, भाषाशास्त्री बालकृष्ण पोखरेल, गीता त्रिपाठी, लक्ष्मी उप्रेतीलगायतले बोलेका थिए । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC