site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिलो अभ्यास खेलमा नेपालको जित, पारसले लिए १६१ रन
Ghorahi CementGhorahi Cement

काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । नेपालले इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको हो ।

३ सय ६३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको होग्सले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो । होग्सका लागि ह्यारी फिसलले ३३ रन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेन ।

Agni Group

होग्सको इनिङ्सलाई धराशायी बनाउन नेपालका युवा स्पिनर ललितनारायण राजवंशीले धारिलो बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै ४ ओभर मेडन राखेर ५ विकेट लिए । त्यस्तै, नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे । पारसले १६१ रनको उच्च स्कोर बनाएका थिए । उनले १०६ बलमा १९ चौका र ७ छक्काको मद्दतमा १६१ रन बनाएका थिए । 

Global Ime bank

त्यस्तै, नेपालका लागि रोहितकुमार पौडेलले ४४, दीपेन्द्र सिंह ऐरीले ३७ र आरिफ शेखले २७ रनको योगदान दिए ।

साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC