site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार निरंकुश शैलीमा अघि बढेको प्रेस युनियनको ठहर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रेस युनियनले केपी शर्मा ओली नेतृत्वको सरकारले दुईतिहाइको दम्भमा लोकतन्त्रको बाटो बिराएर प्रेसमाथि दमन गरेको बताएको छ । नेपाल प्रेस युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानअनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ । यो घटनाले सरकार स्वतन्त्र प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ । साथै आगामी दिनमा स्वतन्त्र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन नेपाल प्रेस युनियन सरकारलाई चेतावनी दिन चाहन्छ ।”

शनिबार बानेश्वरमा भएको झडपका क्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतका पत्रकार घाइते भएको बताउँदै प्रेसमाथिको हस्तक्षेपको विरोध गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ विज्ञप्ति 

मिति : २०७५/०४/०५
प्रेस विज्ञप्ति
उपरोक्त सम्बन्धमा नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । 
शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डट कमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएका छन् । नेपाल प्रेस युनियन सरकारद्वारा स्वतन्त्र प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै घाइते भएका सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । 
नेपालको संविधानअनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ । यो घटनाले सरकार स्वतन्त्र प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको छ । साथै आगामी दिनमा स्वतन्त्र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन नेपाल प्रेस युनियन सरकारलाई चेतावनी दिन चाहन्छ । 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई बहुमतको दम्भमा लोकतन्त्रको बाटो बिराएर नेपाली प्रेसलाई दमन गर्न निरंकुश शैलीमा प्रस्तुत भएको हाम्रो ठम्याई छ । नेपाल प्रेस युनियन नेपालको संविधानले प्रदत्त गरेका स्वतन्त्रपूर्वक लेख्न र समाचार सम्प्रेषण गर्न पाउने प्रेस स्वतन्त्रता तथा जनताको स्वतन्त्रतापूर्वक बोल्न एवं हिडडुल गर्न पाउने मौलिक अधिकारको हेक्का राख्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ । 

Global Ime bank

बद्री सिग्देल
(अध्यक्ष)
नेपाल प्रेस युनियन 
केन्द्रीय समिति
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC