site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति र भूकम्पमा परी बाँच्न सफल व्यक्तिसम्बन्धी बनाइएको बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ लाई अमेरिकामा पुरस्कृत गरिएको छ । 

अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले हालै बृत्तचित्रका निर्देशक गणेश पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यू जर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ । 

न्यूजर्सी सिटीकी सल्लाहकार डा विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । 
 
कार्यक्रममा युएस नेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीलाई ‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रले विदेशमा रहेका नेपालीलाई निकै भावुक बनाएको बताए । 
 
विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC