site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्टन ।  अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हुँदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ । 

“मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ ।” अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताएका छन् ।  

Global Ime bank

सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ । 

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनामा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC