site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ । जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए । 

मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजश्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजश्व उठेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजश्व संकलन गरेको उनले बताए । कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ । 

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजश्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।  

Global Ime bank

मालपोत कार्यालय खैरहनीका प्रमुख निरकुमार दाहालले गत आर्थिक वर्षमा यो कार्यालयले रु २२ करोड ९८ लाख ९ हजार राजश्व संकलन गरेको बताए । तीमध्ये रजिष्ट्रेशनवापत रु १५ करोड ७६ लाख १७ हजार, सेवाकरवापत रु एक करोड ३८ लाख पाँच हजार तथा लाभकरवापत रु पाँच करोड ८३ लाख ५८ हजार राजश्व संकलन गरेको उनले बताए ।  

मालपोत कार्यालय माडीले रु तीन करोड १३ लाख ७३ हजार राजश्व संकलन गरेको छ । तीमध्ये रजिष्ट्रेशनवापत रु दुई करोड ५९ लाख, सेवा करवापत रु १२ लाख ४७ हजार र लाभकरवापत रु ४२ लाख २५ हजार संकलन गरेको सो कार्यालयका प्रमुख कुश्माखर अधिकारीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC