site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा दिने बताए ।  

यसअघि परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो । उपमहानगरमा पाँच हजार ८८५ जना गरीबीको परिचयपत्र पाउनयोग्य रहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्रसिं कार्कीले उपमहानगरमा गरीबमध्ये अतिगरीब दुई हजार ८५८, मध्यम गरीब एक हजार ८३७ र सामान्य गरीब एक हजार २९० जना रहेको जानकारी दिए ।  

देशमा कैलालीसहित आठ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ । सरकारले विसं २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य शुरु भएको हो । यसैबीच सेवाग्राहीको समस्यालाई ध्यानमा राखी उपमहानगरले नागरिकता प्रमाणपत्र लिनुअघि आवश्यक पर्ने फाराम सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराउन लागेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC