site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इटहरी । मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । 

व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए । किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्यसमेत फेला परेको भनी गाउँपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने तयारी भइरहेको किसान नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले बताए । 
 
च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको रु १६ लाख २० हजारमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको पाइएको अर्का किसान इन्द्र तिम्सिनाले बताए ।  

गाउँपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक रु ६० हजारको च्याउ उत्पादन गरेको र दैनिक रु ४० हजारसम्मका च्याउको बीउसमेत बिक्री गर्दै आएका छन् । व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बारम्बार मोबाइलमा सम्पर्क गर्दा हुन सकेन । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC