site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जुम्ला अस्पतालभित्र प्रहरीलाई नै लाग्यो गोली
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रहरीले नै हानेको गोली लागेर प्रहरी जवान कमल आचार्य घाइते भएका छन् ।

प्रहरीले आन्दोलनकारीले सिसा र किला प्रहार गर्दा छातीमा लागेर घाइते भएको बताए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार उनको बायाँ  छातीमा गोली लागेको छ ।
उनको बायाँ छातीमा लागेको गोलीको असर मुटु नजिकैसम्म पुगेको उपचारमा संलग्न एक चिकित्सकले बाह्रखरीसँग बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जुम्लाबाट उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ । उनको अहिले नेपालगन्ज मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । उनलाई ‘हेमोथोराक्स’ भएको छ । छातीमा रगत जमेका कारण चेस्टट्युव राखेर जमेको रगत निकाल्ने प्रयास हुँदैछ ।

चिकित्सा शिक्षा सुधारको माग राखेर २० दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले जबरजस्ती काठमाडौं ल्याउन लागेपछि स्थानीय, विद्यार्थी र केसी समर्थकले नारावाजी गरेका थिए । सो क्रममा प्रहरीले अस्पताल  परिसरभित्रै गोली चलाएको थियो ।

Global Ime bank

अस्पताल परिसरभित्रै गोली चलेको विषयले अन्तर्राष्ट्रिय स्तरमा समेत व्यापक विरोध हुन सक्ने भएकाले प्रहरीले यो घटनालाई मोड्न खोजेको हुन सक्ने आचार्यको उपचारमा संलग्न भएका एक चिकित्सकले बताए । यसअघि प्रहरी प्रवक्ता शैलेन्द्र थापाले बाह्रखरीसँग कुरा गर्दै प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान घाइते भएको बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC