site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जीप दुर्घनाका सात मृतकको सनाखत, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । रुकुमको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुघर्टनामा ज्यान गुमाएका ७ जनाको सनाखत भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दिउँसो धारापानीमा दघर्टना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका–२, का किरण पुन, सोही गाउँपालिका–१, का कुमार पुन, बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ कि तिर्सना तुलाचन, पुथा उत्तरगंगा १४ कि सालिनि बर्मा र बाँके कोहलपुर निवासी ललिता परियार, भुमे गाउँपालिका ४ का अर्जुन बिक रहेका छन् ।
दुर्घटनामा परी ५ जना घाइते भएका छन् । दुर्घटनामा मुसिकोट नगरपालिका रुकुम पश्चिमका गाडी चालक जयबीर कामी, पुथा उत्तरगंगा गाउँपालिका ११ रुकुम पूर्वका प्रमिला बुढामगर, पुथा उत्तरगंगा गाउँपालिका २ का धनिराम पुन र सम्झना पुन घाइते भएको प्रहरीले जनाएको छ । 
घाइतेमध्ये धनिराम बिक र अर्जुन बिकको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडांै लगिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC