site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ । 

बामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् ।
विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो । 

तर, जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरु माथि नै आधारित थियो ।

पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ । हालसम्म नाम नजुरेको नेपथ्यको दसौं अल्बममा यो गीत समेटिएर आउने तयारीमा छ । 
यो म्यूजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरुलाई एकापसमा जोड्ने काम गरिएको छ । भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ ।

Global Ime bank

यो गीतलाई लोकरक ब्याण्ड नेपथ्यले आफ्नै शैली र प्रस्तुतीका साथ अंगीकार गर्दैआएको श्रोतादर्शकलाई अवगतै छ ।

यो मनमुटु हल्लाउने गीत बजिरहेको बेला जहिल्यै पनि दर्शकहरु सकारात्मक उर्जाले भरिएर उफ्रिरहेका देखिन्छन् । नेपाल भित्र होस् वा बाहिर जता कन्सर्ट गर्दा पनि यस गीतका बेलामा चाहिँ ब्याण्डसँगै समस्त दर्शकहरु पनि गाइरहेका हुन्छन् ।
‘शान्ति संगीत यात्राको क्रममा एकपटक हामीले यो गीत गाइरहँदा रामेश दाइ र मन्जुल दाइ पनि हेर्न आउनुभएको थियो,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यतिबेला यो गीतलाई यस रुपमा गाएर पछिल्लो पुस्ताका तन्नेरीहरु माझ लोकप्रिय बनाइदिएकोमा हामीलाई थप प्रोत्साहित गर्नुु भएको थियो ।’

अमृतका अनुसार लण्डनको विम्बले एरेनामा आयोजित भब्य कन्सर्टपछि गीतकार श्याम तमोट स्वयं नेपथ्यको कार्यालयमा आएर ब्याण्डले यस रुपमा आफ्नो गीत अघि बढाएकोमा खुशी प्रकट गरेका थिए ।

‘यो गीतलाई एक तहसम्म संकल्पले अघि बढाएको र त्यसपछिको अर्को तहमा नेपथ्यले लगिदिएको भनेर श्याम दाइ खुशी हुनुभएको थियो,’ अमृत सम्झन्छन्, ‘उहाँले त्यतिबेला प्रकट गर्नुभएको हार्दिकताले हामीलाई थप प्रोत्साहन मिलेको थियो ।’
 

 

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC