site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघको असन्तुष्ट समूहद्वारा महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बहुमत सदस्य आफूसँग रहेको दाबीसहित १२ औं महाधिवेशनको मिति घोषणा गरेको नेविसंघको असन्तुष्ट समूहले महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । साउन २३ देखि काठमाडौंको किर्तीपुरमा शुरु हुने महाधिवेशनको तयारी स्वरुप नेविसंघको असन्तुष्ट समूहले बुधबार शंकरदेव क्याम्पस अगाडि सम्पर्क कार्यालय स्थापना गरेको हो । 

आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै शंकरदेव क्याम्पसको अगाडि रहेको क्यापिटल हस्पिटल छेउमा ‘सम्पर्क तथा भेटघाट कार्यालय’ स्थापना गरिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । उनका अनुसार महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, प्रकाश राना लगायतका नेता–कार्यकर्ताको उपस्थितिमा १२ आंै महाधिवेशन सम्पर्क कार्यलय उद्घाटन गरिएको हो । 

संस्थापन पक्ष बाझिने गरी समानान्तर गतिविधि गर्दै आएको असन्तुष्ट समूहले गत बुधबार काठमाडौंको बाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर १२ औं महाधिवेशनको मिति र स्थान घोषणा गरेको थियो । असन्तुष्ट समूहले १२९ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये दुई तिहाई आफूहरुसँग रहेको दावी गरिरहेको छ । अध्यक्ष नैनसिँह महरले ‘ट्रयाक’ छोडेका कारण बहुमतको अधिकार प्रयोग गरेर महाधिवेशनको मिति घोषणा गरिएको उनीहरुको भनाई छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC