दाङ । रुकुम पूर्व–सिस्ने गाउँपालिका–५ धार्पानीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुर्घटनामा पुथा गाँउपालिका वडा नम्वर १ का वुद्धिराज पुन, सोही ठाउँका कुमार पुन, पुथा गाउँपालिका वडा नम्वर १४ का सालिनी बर्मा र काठमाडाैंकी ललिता परियारको निधन भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जनाकारी दिए । अन्यको सनाखत भएको छैन ।
सिस्ने गाउँपालिकाको रुकुमकोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धार्पानीमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा १० यात्रु घाइते भएका छन् ।
घाईतेहरुको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भैरहेकाे छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।