site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तुलसीपुर, रासस । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 

अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीश रावलले सम्बन्ध विच्छेद गर्नुको मुख्य कारण वैदेशिक रोजगारी, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्ररुपमा रहन चाहनु नै रहेको बताए । 
आव २०७३–७४ मा पनि जिल्ला अदालत दाङ देउखुरीमा ५२७ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकामा ४१८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । 

त्यसैगरी जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएकामा २५ वटा मुद्दा फछ्यौट भएका छन् । 

Global Ime bank

लागुऔषधका अदालतमा परेका २८ वटा मुद्दामा १३ वटा, घरेलु हिंसामा तीन वटा मुद्दा दर्ता भएकामा एक वटा र मानव बेचबिखनका तीन वटा मुद्दा दर्ता भएकामा तीनवटै मुद्दा फछ्यौट भएको न्यायाधीश रावलले जानकारी दिए । 
दाङ देउखुरी जिल्ला अदालतले पत्रकार भेटघाटको आयोजना गरी अदालतले एक वर्षमा गरेको काम कारबाही सार्वजनिक गरेको हो । 

न्यायाधीश रावलले बितेको आवमा दुई हजार ३०५ वटा विभिन्न मुद्दा दर्ता भएकामा तीमध्ये एक हजार ४७१ वटा मुद्दा फछ्यौट भएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC