site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शक्ति गौचनले क्रिकेटबाट सन्यास लिने, यस्तो रह्यो १६ वर्षे करिअर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य शक्तिप्रसाद गौचनले आफ्नो क्रिकेट जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले यस्तो घोषणा गरेका हुन् । कहिलेदेखि  खेल जीवनबाट सन्यास लिने भनेर चाहिँ उनले खुलाएका छैनन् ।

इंग्ल्यान्डको लर्डसमा हुन लागेको टि—२० क्रिकेट सिरिज र नेदरल्यान्ड्ससँग हुन लागेको एक दिवसीय क्रिकेटका लागि जान लागेका शक्तिले नेपालमा हुने कुनै एउटा अन्तराष्ट्रिय फ्रेन्डसिप म्याच खेलेपछि सन्यास लिने बताए ।

विश्वस्तरीय खेलाडी
हसिलो अनुहार, हलुका ज्यान । लगातार १६ वर्ष राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य । सन् २०१४ मा बंगलादेशमा भएको आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्ध सानदार ३ विकेट लिएपछि ‘कमेन्ट्री’ बक्सबाट पाकिस्तानका पूर्व क्रिकेटर रमिज राजाले भनेका थिए– शक्ति ‘द पावर’ । त्यसपछि त्यही नामबाट चर्चित बने शक्ति ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको मैदानमा गुञ्जियो शक्तिको नाम । शक्तिलाई बाबु, शक्ति ‘द पावर, धोचू, हुटियालगायतका उपनामले पनि चिनिन्छ । १६ मार्च २०१४ मा हङकङविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टि–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यु गरेका शक्तिले त्यो खेलमा ४ ओभरमा ९ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यो खेलमा शक्ति ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भेट्रान ‘अर्थोडक्स’ स्पीनर हुन् शक्तिप्रसाद गौचन । २२ अप्रिल १९८४ मा रुपन्देहीमा जन्मिएका शक्तिले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यु–१७ हुँदै १९ वर्षमुनिको टोलीबाट राष्ट्रिय टोलीमा प्रवेश गरेका गौचन नेपाली टिमका भरपर्दा बलर हुन् । 

Global Ime bank

विभिन्न कठिन मोडमा शक्तिले राष्ट्रिय टोलीलाई आफ्नो स्पीनको जादूमयी बलिङबाट जित दिलाएका छन् । ९ ओटा अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शक्तिले ५ दशमलव ६३ को इकोनोमीमा ८ विकेट लिएका छन् । चारओटा प्रथम श्रेणीका खेल खेलेका शक्तिले ६ इनिङमा एक सय ७१ रन बनाएका छन् भने ७१ उच्चतम स्कोर छ उनको । जसमा दुई अर्धशतक पनि समावेश छन् । राष्ट्रिय टोलीबाट शक्तिले शतक पनि प्रहार गरेका छन् । यस्तै, लिष्ट ए का २३ खेलमा ३ दशमलव ८५ को इकोनोमीमा १८ विकेट शक्तिले लिएका छन् ।

त्यसैले उनलाई कम रन दिने ‘कन्जुस’ बलरको नामले पनि चिनिन्छ । विभिन्न कठिन समयमा शक्तिले आफ्नो ब्याटिङबाट पनि टोलीलाई उकासेका छन् । यसअघि इन्डियन प्रिमीयर लिग (आईपीएल)मा राजस्थान रोेयल्समा शक्ति ट्रायल दिन गएपछि उनको चर्चा थप चुलिएको थियो । सन् २००१ मा नेपालको यू– १७ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका शक्तिले यू–१९ को विश्वकप टोलीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । शक्ति आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनमा १० पटक म्यान अफ दि सिरिज घोषित भएका छन् ।

२०१० को एसियन गेम्सपछि झण्डै डेढ वर्ष शक्ति राष्ट्रिय टोलीमा परेनन् । तर, त्यसपछिको पुनरागमन शानदार रह्यो । २०१२ मा भएको आईसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परे । छनोटमा शक्तिले डेनमार्कविरुद्धको खेलमा लगातार तीन विकेट लिएर ह्याट्रिकसमेत गरे । राष्ट्रिय सिनियर टोलीबाट नेपाली खेलाडीको त्योे पहिलो ह्याट्रिक थियो । सन् २०१२ मै भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिँदा डिभिजन चारमा १० विकेट हात लिन सफल भए । 

डिभिजन चारअन्तर्गत मेलेसियाविरुद्धको खेलमा १० ओभरमा ८ मेडन राख्दै दुई रनमा तीन विकेट लिएर शक्तिले आफ्नो नाममा कीर्तिमान पनि कायम गराएका छन् । क्रिकेटप्रति शक्तिको समर्पण र लगाव कहिल्यै कम भएन । जबजब टोली संकटमा हुन्थ्यो, तब संकटमोचकको भूमिका निभाउँथे शक्ति । नेपाली राष्ट्रिय टोलीमा शक्ति र बसन्त रेग्मीको जोडी थियो ।

एसोसिएएट क्रिकेटमा शक्ति चलाख, भरपर्दा र विश्वस्तरीय स्पीनर हुन् । बायाँ हातले बलिङ गर्ने शक्ति दायाँहाते व्याट्सम्यान हुन् । नेपाली क्रिकेटका लागि शक्ति एक अथक योद्धा हुन्, जो कहिल्यै थाकेनन् । नेपालले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएपछि भेट्रान खेलाडी शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गर्ने निधो गरेका छन् ।

आसन्न नेदरल्याण्डस्सँगको अन्तर्राष्ट्रिय टि–टवान्टी र वानडे नै नेपाली राष्ट्रिय टोलीको जर्सीमा खेलिने अन्तिम तर ऐतिहासिक श्रृङ्खला हुनेछ । शक्तिले भैरहवामा आफैंले क्रिकेट एकेडेमी पनि खोलेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC