अर्थ व्यवसाय
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट (प्रा. लि) ले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ । ३२ जना क्लियर टि.भी.ग्राहकहरुलाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले विश्वकप २०१८ लाई लक्षित गरी ८ जुन देखि १५ जुलाई सम्म क्लियर टि.भी. सेवामा क्लियर टीभी विश्वकप किकअफ अफर प्रस्तुत गरेको थियो । सो योजना अवधिभर क्लियर टि.भी.सेवा नविकरण तथा नयाँ जडान गरेका ग्राहकलाई समावेश गरी गोला प्रथाद्घारा ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टि.भी प्रिमियम प्याकेज सेवा प्रदान गर्ने कम्प्नीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५ १९:२१
प्रतिक्रिया दिनुहोस्