site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुरमा ५६ राउण्ड गोलीसहित दुई जना पक्राउ, पक्राउ परेकाहरु हतियार ‘सप्लाई’ गर्ने समूह भएको आशंका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले २ थान पेस्तोल र ५६ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपूर मंगलबजार बस्ने ३८ वर्षीय रामचन्द्र अधिकारी र खुमलटार घर भई तिखोदेवल बस्दै आएका ४१ वर्षीय रोशन सुब्बा लिम्बु रहेका छन् । 

उनीहरुको साथबाट २ थना पेस्तोल,म्याग्जीन ३ थान,५६ राउण्ड गोली,खुकुरी,चक्कु,तरबार लगायतका समाग्री बरामद गरेको परिसर ललितपुरका एसएसपी गणेश ऐरले बताए । ‘यो समुह भारतबाट हतियार ल्याएर नेपालमा सप्लाई गर्ने समुह हो, बाँकी अनुसन्धान जारी छ,’ एसएसपी ऐरले भने । 

यसअघि आइतबार मात्रै महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिल ठकुरीको टोलीले एक थान पेस्तोल र पाँच राउण्ड गोलिसहित नखीपोटबाट कृष्णबहादुर जोशी, ठाकुरराम मोक्तान र हेमराज पौडेललाई पक्राउ गरेको थियो । आइतबार पक्राउ परेका र सोमबार पक्राउ परेको समुहबीच सम्बन्ध देखिएको एसएसपी ऐरले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC