site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बन्दुकमा विश्वास गर्नेले सत्याग्रहको शक्ति बुझ्न नसक्ने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य शिक्षा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीले जुम्लामा थालेको अनशनप्रति सरकारले देखाएको रवैयालाई लक्षित गरेर बन्दुकमा विश्वास गर्नेले सत्याग्रहको शक्ति नबुभ्mने टिप्पणी गरेका हुन् ।  
कांग्रेस नेता लेखकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै छिमेकी मुलुक भारतमा सत्याग्रहले नै बेलायती साम्राज्यवाद झुकाएको स्मरण गर्दै नेपालमा पनि डा. केसीको सत्याग्रहसँग सरकार झुक्ने दावी गरेका छन् । उनले दुईतिहाई मतको सरकार डा. केसीका सामुन्ने झुक्दैन भन्नु दम्भमात्रै भएको आशयसमेत व्यक्त गरेका छन् । 
चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिएर डा. केसी १७ दिनदेखि जुम्लामा अनशनरत छन् । अनसनमा बसेका डा. केसीको माग सम्बोधन गर्नुको सट्टा सरकार कठोर ढंगमा प्रस्तुत भइरहेको भन्दै प्रतिपक्षी कांग्रेसले सोमबार प्रतिनिधिसभा बैठक दुई पटक अवरुद्ध गरेका थियो । प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसद बैठक तीन दिनका लागि स्थगित गरिएको छ । 
यसैबीच, डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन मंगलबार कांग्रेसको भ्रातृ संगठन नेािपल विद्यार्थी संघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन मध्यान्ह साढे १२ वजेबाट शुरु हुने अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC