राजनीति
काठमाडौं । प्रतिपक्षीको आन्दोलन र अनसनरत चिकित्सक गोविन्द केसीको मागको समर्थन गर्दै निरन्तर नागरिक दबाब बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सचिवालयको बैठक बोलाएको छ। बैठक आज साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो।
चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकको विरोध गर्दै कांग्रेसले सोमबार पनि सदन अवरुद्ध गरपछि ने क पाले त्यसलाई राजनीतिक रूपमै समाधान गर्न चाहेको एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५ १७:१२
प्रतिक्रिया दिनुहोस्