site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

ललितपुर, रासस । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । 

महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरे । 
महानगरपालिकाको चालू प्रशासनिक खर्च रु एक अर्ब छ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु ३० करोड र पूँजीगत कार्यक्रम खर्च रु दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ । 

Agni Group

वैदेशिक अनुदान कार्यक्रममार्फत रु ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत रु दुई करोड खर्च हुने अनुमान गरिएको छ । 
आगामी आवको प्रस्तावित आयमा रु ९२ करोड ७८ लाख ९२० प्रतिशत० संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ ।

आन्तरिक स्रोतबाट रु एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ रु ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो । 

Global Ime bank

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुन सक्ने बताए । 
प्रदेशसभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ भन्नेमा निर्भर हुने बताए । 
बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए । प्रदेशको कानून निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानून निर्माणको बाटो नखुलेको उनले बताए । 
महानगरपालिकाका उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ वटै वडामा पुग्ने बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC