site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वर्ल्डकपबाट डराए चलचित्र निर्माता, फाइदा ‘सञ्जू’लाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । गएको शुक्रबार फ्राइडे रिलिजअन्तर्गत चारवटा नेपाली चलचित्र एकै दिन रिलिज भए । मिलन चाम्स निर्देशित बबी, शोभित बस्नेत निर्देशित बाबुकान्छा, कल्याण अधिकारी निर्देशित यो पागल मन र राजबहादुर साने निर्देशित वीरंगना एकै दिन अल नेपाल रिलिज भए । चलचित्र प्रदर्शनमा त आए, तर यी चारवटै चलचित्रको उत्साहजनक व्यापारको खबर आएन ।  

त्यसअघि भने वल्र्डकपबाट हच्किएका निर्माताले चलचित्र रिलिज गर्ने आँटै गरेनन्, जसका कारण हलहरुले नेपाली चलचित्र पाएनन् । एकातिर वल्र्डकप भन्दै निर्माता डराए भने अर्कोतिर बलिउड स्टार रणवीर कपुरको चलचित्र प्रदर्शन हुने भएपछि नेपाली निर्माताले चलचित्र रिलिज गर्ने आँटै गरेनन् । त्यसअघि बलिउड सुपरस्टार सलमान खानको ‘रेस–३’ का कारण नेपाली चलचित्र प्रदर्शनमा आएनन् । 

साँझदेखि नै वल्र्डकप सुरु भएकाले बेलुकाको शो हेर्न दर्शक नजाने र अबेर रातिसम्म फुटबल हेरेर बसेका दर्शक बिहानको समयमा पनि चलचित्र हेर्न नजाने भन्दै निर्माताले चलचित्र रिलिज गर्न मानेनन् । रिलिज भएका ‘ए सोल्टिनी’ र ‘चोखो माया’ पनि प्रचारप्रसार नगरी प्रदर्शनमा आए ।  

Agni Group

फुटबलले चलचित्रको व्यापारमा असर गर्छ भनेर नेपाली चलचित्र नयाँ रिलिज डेट कुरिरहेका  बेला रिलिज भएको बलिउड चलचित्र ‘सञ्जू्’ ले दर्शक बटुल्यो । रिलिज भएको दुई  हप्तापछि पनि हाउसफुल व्यापार गरिरहेको छ उसले । अझै पनि ‘सञ्जू’ ले राम्रै दर्शक कलेक्सन गरिरहेको छ । 

“राम्रो कर्म गर्नुपर्छ । राम्रो काम गरियो भने त्यसै अनुसारको प्रतिफल पनि पाइन्छ,” चलचित्र निर्देशक तथा निर्माता विकास आचार्य भन्छन्, “अहिले हलमा रिलिज भैरहेको चलचित्र सञ्जू पनि यसको उदाहरण हो । वल्र्डकपमा चलचित्र हेर्दैनन् भनेर नेपाली चलचित्र रिलिज नभएका बेला सञ्जू हाउसफुल भयो ।” 

Global Ime bank

दर्शकले चाहे र खोजे जस्तो चलचित्र बन्यो भने कुनै पनि मिति कुर्नु नपर्ने उनी बताउँछन् । “मलाई नाईं नभन्नु ल–५ को ट्रेलर सार्वजनिक गर्ने बेलामा पनि धेरैले फुटबलको माहोल छ, नगर्नुस् भनेर भनेका थिए तर मैले के हुँदोरहेछ त भनेर प्रयोग पनि गर्छु भन्ने लाग्यो र रिलिज गरेँ,” आचार्य भन्छन्, “तर नसोचेको भयो । ५ दिनमा १० लाखभन्दा धेरैले हेर्नुभयो । मलाई लाग्छ यति छोटो समयमा यति धेरैपटक हेरिएको यो नै पहिलोपटक हो ।” 

कुनै अवसर वा बिदा परेमा टिकट धेरै बिक्री हुन्छ भन्ने सोच पहिलादेखि नै रहेको भन्दै आचार्यले त्यसले केही हदसम्म प्रभाव पारे पनि त्यसकै आधारमा चलचित्र चल्ने या नचल्ने भन्ने निर्धारण नहुने बताए । 

निर्माता अर्जुनकुमार पनि चलचित्र राम्रो बनाउन सके बिदा र चाडबाड कुर्नै नपर्ने धारणा राख्छन् । “चलचित्र झुर बनाएर विदा र पर्व पर्खिने चलन छ । नराम्रो चलचित्र कहिले पनि चल्दैन,” अर्जुनकुमार भन्छन्, “झुर चलचित्र बनाएर फोकटमा हेर्न आऊ भने पनि कोही आउँदैन ।”

उनी पनि बलिउड चलचित्र ‘सञ्जू’ कै उदाहरण दिन्छन् । “‘रेस–३’ राम्रो थिएन चलेन तर त्यही वल्र्डकपकै बेला आएको ‘सञ्जू’ राम्रो थियो, चल्यो,” अजुर्नकुमार भन्छन्, “लामो बिदा परेका बेला चलचित्र हेर्न दर्शक आउँछन् भनेर सकेसम्म त्यही समय मिलाउने चलन अहिले पनि बलिउडदेखि हलिउडसम्म छ तर नराम्रो छ भने चल्दै–चल्दैन ।”

कमजोर चलचित्र र कमजोर ब्यानरका लागि भने विदामा चलचित्र रिलिज गर्दा केही राहत हुने अर्का चलचित्र निर्माता तथा कलाकार किरण केसीको भनाइ छ । “राम्रो चलचित्रलाई विदाको दिन कुर्नुपर्छ भन्ने छैन । केही प्लस पोइन्ट पक्कै हुन्छ तर बिदा नै कुर्नुपर्दैन राम्रो चलचित्रले,” केसी भनछन्, “मेरो चलचित्र ‘शत्रुगते’ ११९ दिनदेखि चलिरहेको छ । के विदा के अफिस डे, राम्रो भयो भने चल्छ ।”

यद्यपि सकेसम्म बिदाको दिन चलचित्र रिलिज गर्ने प्रचलन विश्वभर नै रहेको र त्यसैलाई कलिउडले पनि पछ्याएको उनी बताउँछन् । 

“चलचित्र राम्रो भए मजाले चल्छ, राम्रो चलचित्रलाई न अर्को कुनै चलचित्रले धक्का दिन्छ न त समयले नै,” चलचित्र निर्देशक नरेशकुमार केसी भन्छन्, “आफ्नै माटोको गन्ध आउने चलचित्र निर्माण गर्न सकियो भने त्यस्ता चलचित्र नेपालमा मात्रै होइन, विदेशमा पनि मजाले चल्छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC