site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘डा. केसीको जीवनमाथि सरकारले नियतवश खेलवाड गरेको छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले गरिरहेको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्– शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ । डा. केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको छ ।”

सभापति देउवाले डा. केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवम् आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै जटिलताको विवेकसम्मत हल हुने आफ्नो निष्कर्ष रहेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ देउवाको विज्ञप्ति 

असार ३२, २०७५

Global Ime bank

डा. गोविन्द केसीको अनसन र मागहरुका सन्दर्भमा सार्वजनीक वक्तव्य

डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले मलाई गम्भीर बनाएको छ । यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु ।

मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको थियो । डा. केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने मेरो दृढ निश्कर्ष छ । 

शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ । डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जीएको छ । अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।

शेरबहादुर देउवा
सभापति

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC