site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुर सडकखण्डमा टिपर प्रतिघन्टा ४० किमी गतिमा चलाउनुपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोटेश्वर–जगाती सडकखण्डलगायत उपत्यकाभित्र टिपरको ठक्करबाट कैयौंको ज्यान गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सुरक्षा योजना लागु गर्ने भएको छ । महाशाखाले कोटेश्वर –जगाती सडकखण्डलाई मात्रै लक्षित गरी साउन १ गते (मंगलबार) बाट लागु हुने गरी सुरक्षा योजना ल्याएको हो । साउन १ गतेबाट लागु हुने सुरक्षा योजनाले दुर्घटना न्युनीकरणसँगै ट्राफिक जाम अन्त्य हुने विश्वास लिएको छ ।

सुरक्षा योजना अन्तर्गत मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागु गरिने महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए । एसएसपी पन्तका अनुसार टाइम कार्ड लागु भएपछि सो क्षेत्रमा ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधनले प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्नेछ । यसअघि सो क्षेत्रमा ६० घन्टा प्रतिकिलोमिटर गुडाउन पाउने नियम थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाको सुरक्षा योजनामा जगाते–कोटेश्वर सडक खण्डको बायाँ लेनमा मालबाहक र सार्वजनिक सवारीसाधन चल्नेछन् । यस्तै दायाँतर्फको लेनमा मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने गरि योजना ल्याइएको महाशाखा बताउँछ । जगातीदेखि कोटेश्वरसम्म तीन स्थानमा चेकजाँच गरिने र समयभन्दा अघि पुगेको ट्रक–ट्रिपर चालकलाई कारवाही गरिने एसएसपी पन्त बताउँछन् ।

कोटेश्वर क्षेत्रमा दैनिक २ सय ५० देखि ३ सय टिपर–ट्रक चल्ने गरेको महाशाखाको रेकर्डले देखाउँछ । यस्तै गृहमन्त्रालयका अधिकारी सहितको बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन र दुर्घटनालाई न्युनीकरण गर्न बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ ।

Global Ime bank

पछिल्लो दुई महिनामा मात्रै उपत्यकामा ट्रक र टिपरको ठक्करबाट मात्रै १६ जनाको मृत्यु भएको छ । यसमा अधिकांश दुर्घटना भक्तपुर–जगाती क्षेत्रमा भएको एसएसपी पन्त बताउँछन् । आर्थिक वर्ष ०७४–०७५का असार ३० गतेसम्म ४३ हजार ६ सय २३ टिपर, ट्रकलाई कारवाही गरिएको छ । एसएसपी पन्तले पछिल्लो समय टिपरले दुर्घटना बढाएको बताए । सुरक्षा योजना लागु भएपछि दुर्घटना न्युनीकरण हुने उनको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC