site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोध, संसद् अवरुद्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ ।

सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिएर डा. गोविन्द केसी १७ दिनदेखि अनशनमा रहेको भए पनि सरकार माग पूरा गर्न तयार नरहेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले गम्भीर विषयलाई पनि उखान टुक्कामा उडाउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

“सरकार उखान टुक्कामा व्यस्त छ,” उनले भने, “एक दुईजना उभिँदैमा एकदुईजनाको ज्यान जाँदैमा केही फरक पर्दैन भन्ने प्रधानमन्त्रीलगायतका मन्त्रीको धारणा आउने गरेका छन् ।”

Global Ime bank

नेकपाका सांसदहरुले भने संसद्को अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“दुइजना मान्छे उभिँदैमा कानुन बनाउन दिन्न भन्ने विश्वको दृष्टान्त कहाँ छ ?,” उनको आक्रोश थियो । बैठक आधाघन्टाका लागि स्थगित भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC