site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुन तस्करीका अर्का अभियुक्त रमेश उप्रेती पक्राउ, नेपाल ल्याइँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्यासँग जोडिएका रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् । नेपाल प्रहरीले उप्रेतीको नाममा रेड नोटिस जारी गरेकाले उनलाई दुबई प्रहरीले पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार एक साताअघि नै पक्राउ परेका रमेशलाई नेपाल ल्याउने तयारी भइरहेको छ । 

सुन तस्करी र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् रमेश । रमेशले दुबईमा भन्सा घर नामको रेष्टुरेन्ट चलाउँदै आएका थिए ।

Agni Group

उनी एक वर्ष अघिमात्रै दाइ गोरेले होटल किनेपछि त्यो सञ्चालन गर्न दुबई गएको बताइन्छ । उनले दुबईमा बसेर सुन तस्करीमा सघाउने गरेको अनुसन्धानबाट खुलेको सरकारी अनुसन्धान समितिका एक सदस्यले बताए । ३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चूडामणि उप्रेती, रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड नोटिस जारी भएको थियो । एमके, खड्का र श्रेष्ठ अझै फरार छन् । सुन तस्करीमा पक्राउ परेका अभियुक्तले तस्करीमा गोरेका भाइ रमेश उप्रेतीले दुबईमा बसेर सघाउने गरेको बयान दिएका थिए । होटल किन्नुअघि पनि रमेश उप्रेती दुबई–नेपाल आउने जाने गरेका थिए । 

स्रोतले रमेश पक्राउ परेको बताए पनि विशेष अनुसन्धान टोलीले भने औपचारिक रुपमा रमेश पक्राउ गरेको पुष्टि गरेको छैन । टोलीका संयोजक ईश्वरराज पौडेलले पक्राउ परेको भए आफूहरुलाई परराष्ट्रमार्फत्ज्ञ ज्ञजानकारी आउने बताए । तर स्रोतका अनुसार उप्रेतीलाई नेपाल ल्याउने तयारी भइरहेको छ । 

Global Ime bank

रमेशले खोजेका थिए सनमलाई
गत माघ ९ गते दुबईबाट आएको साढे ३३ किलो सुन गायब भएपछि गोेरेले सुन खोज्न थाले । गोरेको शंका आफ्ना पूर्व लेखा सहयोगी सनम शाक्यमाथि पर्यो । त्यो बीचमा सनमले गोरेको काम छाडिसकेका थिए । तर गोरेसँगको सम्पर्क भने टुटेको थिएन । मोरङ प्रहरीले जिल्ला अदालत मोरङमा दायर गरेको अभियोगपत्रमा रमेशलाई पनि प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रका अनुसार गत फागुन १८ मा हत्या गरिएका सनम शाक्यकी श्रीमती सुनिता शाक्यले गोरेका भाइ रमेशले आफूलाई फोन सम्पर्क गरेको उल्लेख गरेकी छिन् ।

सुनिताले बयानमा भनेकी छिन्, ‘‘माघ २१ गते सनम र म भाइको बिहेमा झापाको कोहबरा गएका थियौं । बिहेको भोलिपल्ट साथीले बोलायो, म जानुपर्ने भयो भन्दै मलाई माइतीमा नै छाडी उहाँ त्यहाँबाट हिँड्नुभयो । श्रीमान् हिँडेको भोलिपल्ट गोरे भन्ने चूडामणि उप्रेतीको भाइ रमेश उप्रेतीले मलाई फोन गरी सनम शाक्य खोइ भनेर सोधेपछि साथीले बोलाएको छ भन्दै उहाँ त हिजै जानुभयो भने मैले । तपाईं कहाँ हुनुहुन्छ भनी सोधे । त्यसपछि म भाइको बिहेमा झापा आएको छु भने । सनमको फोन तपाईंलाई आयो भने रमेश उप्रेतीले फोन गरेको थियो भनी जानकारी गराइदिनुहोला भनी फोन राख्यो ।’’

त्यतिबेला सनम भारत गएका थिए । भारतबाट सनम झण्डै १० दिनपछि फर्किएको पनि सुनिताको बयानमा छ । त्यसपछि भने रमेशले दोस्रोपटक सम्पर्क गरेनन् । सनम घर फर्किएको केही समयपछि गोरेको समूहले फागुन १८ गते उर्लाबारीको जंगलमा सुन गायब पारेको आशंकामा सनमको हत्या गरेको थियो । हाल मोरङ जिल्ला अदालतमा यो मुद्दा जारी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC