site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा विश्वकप २०२२ को आयोजकको भूमिका कतारलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

एजेन्सी । आइतबार रसियामा विश्वकप फुटबल २०१८ सम्पन्न भएसँगै विश्वकप २०२२ को आयोजकको भूमिका रसियाबाट कतारलाई हस्तान्तरण गरिएको छ । रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन र फिफाका अध्यक्ष गियनी इन्फान्टिनोले कतारका अमिर तमिन बिन हामिद अल थानीलाई विश्वकप आयोजनाको जिम्मा पाएको कतारलाई भूमिका हस्तान्तरण गरेका हुन् । 

तीनैजना उपस्थित रहेको जियोथ्रिभिस्काइ हलमा ग्रान्ड कर्मालिङमा भएको भेटमा आयोजक राष्ट्रको स्वामित्व हस्तान्तरण गरिएको हो । उनीहरुले फिफा विश्वकप २०१८ को नकआउट चरणमा खेलिएको बल ०२२ को आयोजक कतारका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रसियाका राष्ट्रपति पुटिनले पोडियमबाट समातेर सो बल कतारका प्रतिनिधिलाई दिएका थिए । रसिया विश्वकपमा गयराति फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गरेसँगै चार वर्षका लागि विश्वकप अन्त्य भएको छ । अब सन् २०२२ को विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । पहिलो पटक कतारको मौसमलाई मध्यनजर गर्दै विश्वकपको खेल समय सारिएको छ । सधै समरमा हुनेगरेको विश्वकप पहिलो पटक विन्टर सिजनमा हुने भएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले कतारसँग आफ्नो आयोजनामा सम्पन्न भएको विश्वकपको अनुभव सेयर गरेर कतारलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै, फिफा अध्यक्ष गियनी इन्फान्टिनोले भने,  ‘फुटबल प्यासन , इमोशन, माया, परिवार र एकताको सम्मीश्रण हो । हामीले रसिया विश्वकपको राम्रो अनुभव लियौं र अब हामीले आयोजना कतारलाई हस्तान्तरण गरेका छौं । म विश्वस्त छु कि ४ वर्षपछि कतारमा पनि यस्तै उर्जा देख्नेछु र यस्तै सकारात्मक प्रभाव जुन रसियामा पाइयो ।’

Global Ime bank

विश्वकपको मशाल बुझ्दै कतारका अमिर तमिन बिन हमद अल थानीले भनेका छन्, ‘रसियाले सफल विश्वकप आयोजना गरेकोमा बधाई छ । आशा छ हामीले पनि सफल आयोजना गर्न सक्नेछौं ।’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC